कैलालीमा हिजो देखि परिरहेको लगातार को वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ।
जिल्ला का सबै भु- भागमा बर्षा भैरहेको छ । भजनी, जोशीपुर, जानकी, घोडाघोडी कैलारी, गौरीगङ्गामाका अधिकांश क्षेत्र जलमग्न भएका छन् ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार अहिलेसम्म कैलालीमा ५ सयभन्दा बढी घर डुबानमा परेका छन् भने १ हजार ७ सय भन्दा बढी नागरिक प्रभावित भएका छन् ।
भजनीमा ४ सयभन्दा बढी घर डुबानमा परेको उनले जानकारी दिए।हसुलिया गौरीगंगा सुखडमा डुबान भएको छ।
कैलारीका केही परिवार वडा कार्यालयमा बसेका छन्। कैलारी ५ वयनपुरमा घरमा पानी पसेपछि निस्कने क्रममा ४२ वर्षीया लोकमाया चौधरीलाई बाढीले बगाएको थियो । उनको उद्धारपछि धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।
स्थानीय प्रशासनले सूचना जारी गरेर बाढीको जोखिम क्षेत्रमा रहेका स्थानीयहरूलाई सुरक्षित ठाउँमा जान आग्रह गरेको छ।
अहिले स्थानीय पालिका, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य समेत जारी छ।
भन्दै जल तथा मौसम विज्ञान विभागले पनि होचो भू–भाग र तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेको छ।