अत्तरिया - पछिल्लो समय नेपाल र भारत बिचको सिमा बिवादले उग्र रुप लिएको छ । नेपाली भुमी भारतले आफ्नो नक्सामा समेट्दै नयाँ नक्सा सार्वजनिक गरेपछि अहिले देशभर भारतको बिरोध भैरहेको छ । संघिय राजधानी काठमाण्डौ सहित देशका बिभिन्न ठाउँहरुमा भारतले लगेको नेपाली भुमि तत्काल फिर्ता गर्नुपर्ने माग राख्दै बिरोधका कार्यक्रमहरु भैरहेका छन् । नेपाल सरकारले पनि एकलौटी रुपमा भारतले सार्बजनिक गरेको नयाँ नक्सा मान्य नहुने बताइसकेको छ ।


भारतले नयाँ नक्सामा देखाएको कालापानी, लिपुलेक र लिम्पीयाधुरा सुदुरपश्चिम प्रदेशको पाहाडी जिल्ला दार्चुलामा पर्दछ । सिमा विवाद सुुदुरपश्चिमको मात्रै नभएर अहिले देशब्यापी रुपमा ठूुलो समस्याको रुपमा खडा भएको छ । भारतले यस बर्ष मात्रै नेपालको भुुमि कालापानी , लिपुुलेक र र लिम्पीयाधुरामा आँखा लगाएको होइन् । उसले विगत देखि नै नेपालको भुूमि माथि आँखा लगाउँदै आएको छ । एकताका बेला पूर्वमा टिस्टा देखि पश्चिममा काँकडा सम्म फैलिएको नेपाली भुमि अहिले बर्षेनी खुम्चिदै मेचि र महाकालीमा सिमित बनेको छ । भारतीय पक्षले थोरै थोरै गरेर भएपनि पटक पटक नेपाली भुमि माथि आतिक्रमण गर्दै आएको छ । यसरी भारतको खुल्ला हस्तक्षेपले नेपाल र नेपालीहरुले पटक पटक दुःख पाइरहेका छन् ।
नेपाल भारतको सिमा नाका नजिकै बसोबास गर्दै आएका कञ्चनपुर पुर्नरवास नगरपालिका वडा नं २ का लाल बहादुर एसके भारतीय पक्षको हस्तक्षेप बिरुद्ध लड्दा कयौ स्थानियहरुले आफ्नो ज्यान गुमाएको बताए । उनले विगत देखि नै नेपालीहरुले भारतबाट आफ्नो भुमि जोगाउन आफ्नो ज्यान दिनुपरेको र अंगभंग हुनुपरेकाले अब सरकारले यसको दीगो समाधान खोज्नुपर्ने बताए ।
आफ्नो सिमाकै लागि लड्दा केहि बर्ष पहिला पुर्नरवासका गोबिन्द गौतमले आफ्नो ज्यान गुमाए । सिमाकै कारण नेपाली र भारतिय बिच भएको झडपमा पनि कति घाइते समेत बने । स्थानिय पत्रकार समेत रहेका एसकेले भारतसँग सिमा जोडिएका कैलाली , कञ्चनपुरका बिभिन्न ठाउँका स्थानियहरु पटक पटक भारतिय नागरिक र सुरक्षाकर्मी बाट हेपिनुपरेको बताए । ‘सरकारले बेवास्ता गर्दा सिमा नजिक बस्ने नेपाली नागरिकहरुले दैनिक दुःख पाइरहेका छन् ’ उनले भने –‘सिमामा नेपाली नागरिकहरुले बारम्बार दुःख पाइरहेकाले प्रदेश सरकार र नेपाल सरकार यसमा गम्भिर बन्नुपर्छ ।’
सिमा विवादका कारण नेपाली भुमि खुम्च्दिै गैरहेकाले अब सरकारले नेपाली भुमि जोगाउन दीर्घकालिन बाटो निकाल्नुै पर्ने उनको भनाइ छ । नेपाली नागरिक आफ्नै भुमिका बसेर भारतिय नागरिक बन्नुपर्ने बाध्यता रहेको कञ्चनपुरको बेलौरी नगरपालिका ५ का लाल बहादुर चौधरीले बताए । लिपुलेक र नालापानी नजिक बसोबास गर्ने नेपालीलाई भारत सरकारले भारतिय नागरिकता र रासन कार्ड बाँडिसकेकाले अहिले त्याँहा बसोबास गर्ने नेपालीहरुले केहि बोल्न नसक्ने अबस्था रहेको उनको भनाई छ । भारतले भारतिय नागरिकता र रासन कार्ड बाँडिसक्दा पनि नेपाल सरकार बेखबर हुनु र ठोस कदम नचाल्नु दुखद कुरा भएको उनले बताए ।
सिमा विवादको समाधानका लागि पहल नभएका होइनन् । पटक पटक २ देशका प्रमुख बिच सिमा विवाद समाधानका लागि छलफल भएपनि त्यसको दीर्घकालिन समाधान भने हुन सकेन् । जसका कारण सिमा क्षेत्रका नेपालीहरुले एकातिर भारतिय नागरिक र सुरक्षाकर्मीको सास्ती त खेपिरहेका छन नै अर्कोतिर आफ्नै जमिनमा बस्दा पनि भारतको इसरामा चल्नुपर्ने बाध्यता रहेको छ । कैलाली क्षेत्र नं ४ वाट प्रदेश सभा सदस्यमा निर्वाचित प्रदेश सांसद चुनकुमारी चौधरीले सिमा बिवादको समस्या अहिलेको नभई यो निकै पुरानो समस्या रहेको बताइन् ।
उनले सिमाका बिषयमा एक पटक नेपाल सरकार र भारत सरकारका उच्चस्तरिय नेताहरुले बसेर यसको ठोस निर्णय गरेर छोड्नुपर्ने बताइन् । ‘जब पर्छ राति तब बुढि ताती भनेजस्तै भयो’ उनले भनिन् –‘अहिले नेपालको भुमि लगेर भारतले आफ्नो नयाँ नक्सा सार्बजनिक गञ्र्यो नि , अब त्यहाको मात्र होइन् यो कैलाली , कञ्चनपुरको भुमिलाई पनि आफ्नो बनाउने दाउमा छ भारत सरकार ।’ त्यसैले यो बारम्बार बल्झिदै गरेको सिमा बिबादको समस्या समाधानका लागि प्रदेश सरकार र नेपाल सरकार गम्भिर बन्नुपर्ने उनको भनाई छ । यसका लागि आफुले प्रदेश सरकारको सदनमा कुरा राख्ने उनले बताइन् ।
कैलाली , कञ्चनपुरमा रहेका कतिपय सिमा क्षेत्रका नेपाली नागरिकहरुले आफुसंग घरमा जग्गाको लालपुर्जा भएपनि त्यहा खेती गर्न पाएका छैनन भने कतिले आफ्नो जग्गा कहाँ सम्म छ भन्ने जानकारी समेत पाएका छैनन् । अहिले देश संघियतामा भएपछि मुलुकमा तिन तहको सरकार रहेको छ । तर यस तर्फ कुनै पनि सरकारले गम्भिरता पुर्वक नलिएको स्थानियहरुको भनाई थियो ।
सरकारले बेवास्ता गर्दा नेपाली भुमि नै संकटमा परेकाले अब पनि सरकार गम्भिर नभए देशनै सकिने कैलालीका स्थानिय छोटेलाल चौधरीले बताए । जतिसक्दो चाडो सरकारले देशभर रहेका नेपाल भारतको सिमाका बिषयमा कुटनैतिक पहल गरि समस्याको समाधान गर्नुपर्ने उनको भनाई छ ।