कैलालीको अत्तरियामा रहेको अपि सैपाल सहकारी संस्थाले संस्थामा कुनै गडबडी नभएको प्रष्ट पारेको छ । आज संस्था कै कार्यालय मा पत्रकार सम्मेलन गरेर संस्थाका अध्यक्ष बसन्त रोकायाले बजारमा हल्ला फिजिएको जस्तो केही नभएको बताए ।
'अब बजारमा र मिडियामा केही कुरा आएको छ , त्यसैलाई प्रष्ट पारौं भनेर तपाईंहरुलाई बोलाएको हो । संस्थामा कार्यरत कर्मचारी बिना योगी संग जोडिएको संस्थागत पैसा ८ लाख मात्रै हो । त्यो पनि उनले रिण लिएको ३ लाख र अन्य बचतकर्ता को हो । त्यो हामी उठाउँछौ नै अब उनले बाहिर गरेको कारोबार को जिम्मेवारी संस्थाले लिन सक्दैन,' अध्यक्ष रोकायाले भने ।
यस्तै उनले संस्थागत केही कमि कमजोरी भए आफुहरु सच्च्याउन तयार रहेको बताए । '१५ बर्ष पुरानो संस्था हो र यो सबैको संस्था पनि हो । बाहिर बजार मा हल्ला गरिए जस्तो अवस्था होइन ।त्यसैले अरु कुरा भन्दा पनि बचतकर्ता को पैसा सबै सुरक्षित नै छ । कति पय कुरामा बचतकर्ता स्वयं सजग बन्नु पर्छ,' उनले भने ।
संस्थाका रिण संयोजक बालकृष्ण प्रसाईं ले कार्य समितिका कुनै पनि पदाधिकारीले रिण नलिएको दाबी गरे।
'कार्य समितिले रिण लिन पाउँदैन । महिनामा एक पटक हुने बैठक को भत्ता बाहेक अरु लिन नपाउने हाम्रो कानुन मा नै छ । त्य्सैले बाहिर त हल्ला कार्य समितिका मान्छेहरुले पैसा लिएर चलाएको भन्ने पनि होला तर त्यो सत्य होइन,' उनले भने ।
रिण लिँदा पनि सबै प्रक्रिया पुर्याएर मात्रै दिने गरेको उनले बताए । बजारमा पैसा उठाएर सम्पर्क बिहिन भएको भनिएकी बिनालाई संस्थाले निलम्बन गरिसकेको संस्थाले जनाएको छ ।
बिना अपि सैपालको सबै भन्दा पुरानो कर्मचारी हुन। उनले बजार मा उठाएको पैसा कसरी र कुन प्रयोजन को लागि लिइएको हो भन्ने आफुहरुलाई थाहा नभएको अध्यक्ष रोकायाको भनाई रहेको छ ।
बिनाको खोजीको लागि संस्थाले कानुनी प्रक्रिया अपनाइसकेको संस्थाले जनाएको छ ।