अत्तरिया- धनगढी सडक खण्डको गोदावरी नगरपालिकाको क्षेत्रमा बृक्षारोपण गर्ने काम पुनः शुरु गरिएको छ ।
यस अघि उक्त क्षेत्रमा ‘प्लानेट ग्रिन नेपाल’ संस्थाले बृक्षारोपण गरेको थियो ।
अब बाकी रहेको ठाउँमा गोदावरी नगरपालिकाले तार जाली सहित बृक्षारोपण थालेको छ ।
क्लिन गोदावरी र ग्रीन गोदावरीको अबधारणा अनुसार नै गोदावरी क्षेत्रका सवै भागमा बृक्षारोपणको काम अगाढी बढाइएको गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताए।
अत्तरिया-धनगढी सडक खण्डमा कपुर, गोल्ड मोहर, छविवन, घण्टेश्वरी, गुलाव, सिरोज, प्लावरिङ्ग केक्टस, धुपी, एक्जारो गोल्डमहर, सीता असोक, विरेन्द्र फूल ,कञ्जु गुलाम, म्याङ्गो स्ट्रिम लगायत सडकलाई असर नगर्ने जातका विरुवा रोप्ने कार्य भईरहेको छ ।
‘स्वच्छ, सफाका लागि बोटबिरुवा रोप्न आवश्यक छ’, उनले भने, ‘त्यसले गर्दा नगरले बिरुवा रोप्ने कार्यलाई तिब्रता दिएको छ । त्यसमा पनि टि–गार्डसहित हुनेछ ।’ उनले रोपिएका बिरुवा जोगाउनका लागि स्थानीयको सहयोग समेत अपेक्षा गरे ।
‘स्थानीयको सहयोग बिना कुनै पनि काम असम्भव हुन्छ’, नगर प्रमुख भट्टले भने । ‘बिरुवा चोरी हुनेदेखि गाईवस्तुबाट बचाउन सबैले लाग्नुपर्नेछ ।’ वृक्षरोपण र सरसफाइ एक-अर्का बीच अन्तरसम्बन्ध रहेकाले यसले सुन्दर र हराभरा देखिन बिरुवाको संरक्षण गर्नुपर्ने उनको भनाई छ ।