कैलालीको गोदावरी -१० मा रहेको श्री शंकर आधारभुत माध्यमिक बिधालय मा वडा कार्यालय तत्काल नबनाउन र बिधालय समायोजन नगर्न अदालत आदेश दिएपछि पनि गोदावरी नगरपालिकाले कार्यान्वयन नगरेको भन्दै स्थानीय आन्दोलित भएका छन् । उनिहरुले बुधबार पत्रकार सम्मेलन गरी नगरपालिका विरुद्ध खनिएका छन् ।
संघर्ष समितिका संयोजक एबम बिधालय ब्यबस्थापन समितिका अध्यक्ष बासुदेब भट्टले बदनियतपुर्ण तवर ले बिधालय मर्ज गरिएको बताए। सरकारी मापदण्ड अनुसार नै बिधालयमा बिद्यार्थी भएपनी गाउँमा बिबाह परेको दिन नगरप्रमुख नेतृत्वमा छड्के अनुगमन गरिएको आरोप लगाए । उनले अहिले पनि बिधालय मा ९६ जना विद्यार्थी रहेको दाबी गरे। नगरपालिका मा गएको रिपोर्टमा योजना बद्द रूपमा ५५ जना मात्रै बिद्यार्थी भएको भनेर रिपोर्टिङ गरिएको तर त्यो गलत रहेको उनको भनाई छ ।
यस्तै पत्रकार सम्मेलन मा बोल्दै समितीका पुर्ब अध्यक्ष शिबराज भट्ट ले अदालत को समेत अपहेलना नगरपालिकाले गरेकाले थप आन्दोलन चर्काउन आबश्यक रहेको जिकिर गरे ।
उनले भने,' नगरपालिका को निर्णय विरुद्ध हामी अदालत गयौं अदालतले पुरानै अबस्थामा फर्काउन अन्तरिम आदेश दिएको छ । आदेश आएको यतिका दिन बितिसक्दा पनि नगरपालिका ले केही पहल गरेको छैन । अब हामी मानहानी मुद्दा को तयारी मा छौँ । गाउँले को अथक प्रयासबाट २०३७ सालमा स्थापना भएको बिधालयलाई बिस्थापन गर्न वडा र नगरपालिका लागेको छ । उनिहरुले गरेका निर्णय को बारेमा वडाबासीलाई कुनै जानकारी नदिएर गुम्राहमा राखिएको रहेछ । उनले नगरपालिका को नगर शिक्षा समिति र शिक्षा शाखाका ब्यक्तिहरु पनि गैर जिम्मेवार भएको आरोप लगाए । नगर शिक्षा समितिका अधिकृत अहिले अदालत को आदेश आइसकेपछि पनि अनावश्यक तर्क गर्दछन् । आदेशमा स्कुल चलाउनु कहाँ भनेको छ भनेर भन्दै छन् । यो निर्णय पनि कार्यापालिका शुचि मा नै नरहेको बेला मेयरले एकल निर्णय गरेको हो भनेर स्वयं वडा अध्यक्षहरु भन्न थालेका छन् । त्यसैले हामी त्यसै छोडनुवाला छैनौ।'
यस्तै ब्यबस्थापन समितिका पुर्ब अध्यक्ष एबम निर्णय विरुद्ध रिट हाल्ने रामदत्त भन्डारीले बिधालय मर्जका विरुद्ध कडा प्रतिकारी गर्ने चेतावनी दिए ।उनले अदालत को आदेश समेत नमान्ने नगरपालिका को नेतृत्व विरुद्ध पुरै वडा उतार्ने चेतावनी दिए । 'विद्यार्थीहरुलाई बिधालय जान नदिने , अभिभावकहरुलाई धम्काउने अनि शिक्षकहरुलाई सहि डाटा दिने भए देउ नत्र चाप सल्ली पठाउँछौ भनेर धम्काउने र यो बिधालयलाई यथाबत राख्न जस्तो सुकै कदम उठाउन पनि तयार छौ । डर धाक धम्की संग कोहि डराउने वाला छैन ।'
यस्तै स्थानीय युबा भुबन भट्टले नगरपालिकाले स्थानीय को भावना बिपरित निर्णय गरेकाले समस्या आएको बताए । उनले भने,' नगरपालिकाले मिती २०८० फागुन ३१ गते शंकर आधारभुत बिधालयमा १० नम्बर वडा कार्यालय बनाउने निर्णय गरेको रहेछ । त्य्स्तै २०८१ जेठ ३२ गते शंकर आधारभुत बिधालयलाई समायोजन गरेर घन्टेस्वर आधारभुत बिधालयमा मर्ज गर्ने निर्णय गरिएको रहेछ । स्थानीयलाई नसोधेर एकल निर्णय गरिएपछि हामिहरु अदालत गएका हौं। अदालतले अदेश दिएपछि पनि पुरानै अवस्थामा फर्काउन पालिकाले अटेर गरिरहेका ले अब थप आन्दोलन गर्छौ ।'
उक्त बिधालय समायोजन भएपछि त्यसको असर बालबिकास का कक्षाहरुमा पनि परेको स्थानीय को गुनासो छ ।अहिले बालबिकास मा ३ जना मात्रै बिद्यार्थी छन् भने २ जना शिक्षकको दरबन्दी रहेको छ ।