सुदुरपश्चिमबाट नयाँ मन्त्री मन्डलमा ४ जनाले सपथ लिएका छन् ।जसमा एमाले बाट १ जना र काँग्रेसबाट ३ जना रहेका छन् ।कांग्रेसबाट गृहमा कंचनपुरका रमेश लेखक ,परराष्ट्र मन्त्रीमा डा. आरजु राणा देउवा र पर्यटन मन्त्रीमा बद्री पाण्डेले सपथ लिएका छन् ।
एमालेबाट उधोग बाणिज्य तथा आपूर्तिमन्त्रीमा दामोदर भन्डारीले सपथ लिएका छन् । उनिहरुलाई रास्ट्रपति रामचन्द्र पौडेलले सपथ खुवाएका हुन ।
यहाँबाट प्रतिनिधित्व गर्ने सबैले पाएका मन्त्रालयहरु प्रायः आकर्षक नै मानिन्छन् । अझ गृह र परराष्ट्र त पावरफुल मन्त्रालय भित्र नै पर्ने गर्दछन् ।
एमाले र काँग्रेस बिच भएको नयाँ सहमति अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन् । ओली नेतृत्वको मन्त्री मन्डलका २१ जना मन्त्रीहरुले सपथ आज नै लिएका छन् ।
यी हुन नब नियुक्त मन्त्रीहरु :-
१. प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास
२. विष्णु पौडेल – उपप्रधान तथा अर्थ मन्त्रालय
३. मानवीर राई – रक्षा मन्त्रालय
४. पृथ्वी सुब्बा गुरुङ – सूचना प्रविधि तथा सञ्चार, मन्त्रालय
५. विद्या भट्टराई – शिक्षा मन्त्रालय
६. दामोदर भण्डारी – उद्योग मन्त्रालय
७. राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
८. बलराम अधिकारी – भूमि व्यवस्था तथा सहकारी मन्त्रालय
९. देबेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
१०. रमेश लेखक – गृह मन्त्रालय
११. शरसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१२. आरजु राणा – परराष्ट्र
१३. प्रदीप यादव – खानेपानी
१४. नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
१५. तेजुलाल चौधरी – युवा तथा खेलकुद
१६. अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला
१७. दीपक खड्का – ऊर्जा, जलस्रोत तथा सिँचाइ
१८. ऐनबहादुर शाही – वन तथा वातावरण