कैलालीको गोदावरीमा नेकपा एमाले ले सबै वडामा अधिबेशन सम्पन्न गरेको छ । १२ वडा रहेको गोदावरीमा एमाले ले सबै वडामा सहमति बाट नै नेतृत्व चयन गरेको छ ।
पेचिलो बनेको वडा नम्बर २ मा एक हप्ता को रस्साकस्सी पछि एक पक्षले नेतृत्व चयन गरेको घोषणा गरेको छ भने अर्को पक्ष सहभागी नै भएन ।
निर्बाचन अधिकृत किर्त बहादुर चन्दले हस्ताक्षर गरेको जानकारी पत्रमा अध्यक्ष डम्मर साउँद चयन भएका छन् ।
यस्तै उपाध्यक्षमा हर्क बहादुर बिक , सचीवमा सरिता सुनार,उपसचिवमा नेहा श्रेष्ठ साउँद र बिश्वमति धामी चयन भएका छन् । उनिहरु सबै संस्थापन निकट हुन ।
संस्थापन इतर समुह भने निर्बाचन प्रक्रियामा नै सहभागी भएनन् । गोदावरीमा नगर को नेतृत्व चयन निर्बाचनबाट भएको थियो ।
त्यस यता दुई समुहले वडा वडामा आफू पक्षिय नेतृत्व चयन गर्न खोजेका थिए । अन्य वडामा सहजै सहमतिबाट नेतृत्व चयन भए पनि वडा नम्बर दुईमा भने सकस बन्दै आएको थियो ।
वडा नम्बर दुई प्रदेश कमिटी सदस्य गोकर्ण भट्ट , दामोदर रिजाल , जिल्ला कमिटी सदस्य आनन्द भट्ट , गणेश जिमि साउँद ,पुर्ब मेयर हरि सिँ साउँद को वडा हो ।