कैलालीको गोदावरी नगरपालिकाले अत्तरिया बजार लगायत अन्य ठाउँका लागि निःशुल्क घुम्ती शौचालय सञ्चालनमा ल्याउने भएको छ । जनताको आवश्यकता लाई मध्यनजर राख्दै मेला पर्व तथा भिड-भाडको समयमा सञ्चालनका लागि घुम्ती शौचालय ल्याएको छ ।
एसियाली विकास बैंकको आर्थिक सहयोगमा केशरीचन्द भवरलाल विराटनगरले आज एक अनौपचारिक कार्यक्रमका बीच ट्याकटरको चाबी तथा कागजात हस्तान्तरण गरेका हुन् ।
भ्याट सहित २९ लाख ८३ हजार ९९९ रुपैयाँ लगानीमा ल्याएको घुम्ती शौचालयमा अपाङ्ग मैत्री सेवा सँगै २ कोठा पुरुष २ कोठा महिलाका लागि छुट्टा छुट्टै शौच गर्न सकिने व्यवस्था रहेको छ ।
सुदूरपश्चिमको ट्रान्जिट केन्द्रको रूपमा चिनिएको अत्तरिया बजारमा शौचालय निर्माणका लागि प्रयाप्त जमीनको समस्या तथा सिमित शौचालयका कारण घुम्ती शौचालय सञ्चालनमा ल्याउन लागेको गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले बताएका छन् ।
पालिकाको सञ्चालनमा ल्याउन लागेको शौचालयमा बत्तिको लागि सोलार सिस्टम, तथा गर्मी चिसोलाई मध्यनजर गर्दै Adjust fan सबै कोठामा राखेको छ ।
विभिन्न चाड पर्व र मेलाको समयमा अति उपयोगी मानिएको घुम्ती शौचालय बजारमा केही मानिसलाई रोजगारी सृजना गर्न समेत सहज हुने बताएका छन ।
नगर प्रमुख विरेन्द्र भट्टले यस नगरमा दुई वटा घुम्ती शौचालय चलाउने सोचेका थियौ , एक ओटा थप गर्न हामीले आग्रह गरेका छौं, आशा छ अर्को पटक त्यो काम हुने छ । अत्तरिया चोक र बसपार्कमा पर्याप्त शौचालय नभएकाले यस्तो ठाउँमा घुम्ती शौचालयको आवश्यक परेको भट्टको भनाइ छ ।
धेरै भीडभाड हुने ठाउँमा बढी उपयोगी हुने र केही मानिसले स्वरोजगार हुने भएकाले घुम्ती शौचालय उपयोगी हुने नगर प्रमुख भट्ट भनाई रहेको छ।
साथै एसियाली विकास बैंकले हाम्रो अनुरोधलाई स्वीकार गरेर अत्तरियाको फोहोर व्यवस्थापनका लागि थप ३ ओटा ट्याकटर, १ ओटा टिप्पर र एक ओटा डोजर जोड्न सफल भएको र आगामी दिनमा अत्तरियाको फोहोर व्यवस्थापनका लागि सबैले आ- आफ्नो ठाउँ बाट सरसफाइमा सहयोग गरी दिन समेत अनुरोध गरेका छन् ।