अत्तरिया – अत्तरियाको पुर्व रोडमा सडक फराकिलो पार्न धमाधन काम सुरु गरिएको भएपनि सडक मर्मत भईरहेको संकेत भने राखिएको छैन । सडक चौडा पार्न सडकको दुवैपट्टि एकैपटक काम सुरु भएपनि सडक मर्मत भईरहेको संकेत भने नराखिएको हो । पुर्व पश्चिम राजमार्ग अन्तरगत कैलालीको अत्तरिया चोक देखि पूर्व पट्टिको सडकलाई फराकिलो बनाउँको लागि सडकको दायाँ बायाँ एकै पटक काम सुरु गरिएको छ ।
यसअघि नै माटो भरान गरेर चौडा पारिएको सो सडक कालोपत्रे भन्दा बाहिरको सडकको भागमा कालोपत्रे गर्नका लागि अहिले दुबैतिरबाट माटो हटाउने काम भईरहेको छ । सडक दुवैतिरबाट एकैपटक माटो निकाल्दा पनि सवारी चालहरुलाई सावधान गराउँन सडक किनारामा सडक मर्मत भईरहको कुनै पनि संकेत सम्म राखिएको छैन । सवारी चाप बढी हुने सो सडकमा निर्माण व्यवसायीले गरेको लापरवाहिका कारण दुर्घटनाको जोखिम बढेको छ ।
सडक मर्मत गरिरहेको वर्ड वाईड उच्चकोटी जेभीका ईन्जिनियर मनोज भट्टले भने सडक मर्मत संकेत तयार पारेर ल्याएको भएपनि चोरी भएको बताउनुभयो । उहाँले पुन सडक मर्मत संकेत तयार पार्नका लागि दिएकाले १/२ दिन भित्रमै सडक मर्मत संकेत राखिने बताउनुभयो ।

सवारी चाप बढी हुँदा आवतजावतमा समस्या भएका कारण अहिले अत्तरिया चोक देखि ससस्त्र प्रहरी बाहिनी सम्मको सडक चोडा पारीन लागेको हो ।
अत्तरिया चोक देखि बजार क्षेत्रमा रहेका राजमार्गका अन्य सडक फराकिला भएपनि पुर्व रोडको सडक भने २ लेनको मात्रै हुँदा सवारी आवतजावतमा समस्या हुँदै आएको थियो ।
सडक डिभिजन कार्यालय महेन्द्रनगर मार्फत कन्चनपुरको गड्डाचौकी देखि कैलालीको चिसापानी सम्म सञ्चालित रिहेव एण्ड एक्सटेन्सन परियोजना अन्तरगत सडकको दुवैपट्टि ३ दशमलव ५ मिटर सडक चौडा पारीदै छ ।
सोहि परियोजना अन्तरगत यसअघि अत्तरिया चोक देखि ट्राफिक पोस्ट सम्मको सडक आरसीसी गरिएको थियोे । अहिले ट्राफिक पोस्ट देखि ससस्त्र प्रहरी व्यारेक सम्मको सडक चौडा पारीन लागेको हो । सडक मर्मत पछि अत्तरिया चोक देखि करीब १ किलोमिटर अगाडी सम्मको सडक चौडा हुनेछ । ३ बर्ष अवधि रहेको यो परियोजना ६ करोड लागतमा संचालनमा रहेको छ ।
सम्बन्धित खबर अत्तरियामा कालोपत्रे सडक फुटाएर आरसीसी गरिदै