सुदूरपश्चिम विश्वविद्यालयले एक कार्यक्रम गर्दै आफ्नो १५ औं स्थापना दिवस मनाएको छ ।
कार्यक्रममा शिक्षाविद्हरु, राजनीतिक दलका नेताहरू, विभिन्न संघसंस्थाका प्रमुखहरू, विभिन्न पालिकाका प्रमुखहरु विश्वविद्यालयका पदाधिकारीहरू, विद्यार्थीहरू, अभिभावकहरू लगायत विभिन्न क्षेत्रका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा हेमराज पन्तले विश्वविद्यालयको वर्तमान अवस्थाका साथै आगामी चार वर्षका लागि आफ्नो योजना दृष्टिकोणका बारे आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए।कार्यक्रममा स्वागत मन्तव्य विश्वविद्यालयका रजिस्ट्रार प्रा. यज्ञराज पाठकले राखेका थिए ।
कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रका व्यक्तित्वहरूले विश्वविद्यालयको पारदर्शिता र गुणस्तरीय शिक्षामा केन्द्रित हुन विश्वविद्यालयको नेतृत्वलाइ सुझाव दिएका थिए ।
आफ्नो समापन मन्तव्यमा उपकुलपति प्रा डा. पन्तले विश्वविद्यालयलाई सामाजिक र प्राज्ञिक क्षेत्रसंग जोड्न प्रतिबद्ध रहेको जानकारी गराएका थिए । उनले पर्याप्त बजेट विनियोजन गरि अनुसन्धान कार्यमा अभिवृद्धि गर्ने जानकारी गराएका थिए ।
कार्यक्रममा विश्वविद्यालयका ३० भन्दा बढी प्राध्यापक र कर्मचारीहरुलाई उनिहरुको २५ बर्ष अटुट सेवाको कदरस्वरुप "दिर्ग सेवा सम्मानपत्र" प्रदान गरीएको थियो ।
यस्तै समाजसेवी डिल्लीराज लेखक र लीलाध्वज बस्नेतलाई पनि उनिहरुले विश्वविद्यालय स्थापनाका लागि पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
कार्यक्रममा विभिन्न राजनीति दलका केन्द्रिय र प्रदेश स्तरका नेताहरुले विश्वविद्यालयमा राजनैतिक हस्तक्षेप नगर्ने र विश्वविद्यालयका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।