नेकपा( एमाले )का सचिब लेखराज भट्टले पार्टी को निति ठिक ढंगले कार्यकर्ता संग पुर्याउन निर्देशन दिएका छन् ।
कंचनपुर को भिमदत्तनगर मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
'पार्टीले मिसन ८४ भनेको छ त्य्सलाई बुझ्न पर्यो त्यो अगाडि मिसन ग्रासरुट र मध्यपहाडी लोकमार्ग को संकल्प यात्रा सम्पन्न गरेको छ । त्यहाँबाट आएका कुरालाई पार्टीले संष्लेषण गरेको छ । अब त्य्सैलाई बुझेर मिसन ८४ मा जाने गरि कार्य गर्नुस् ,'उनले भने ।
कर्णाली प्रदेशका इन्चार्ज समेत रहेका भट्ट ले अघिल्लो चुनाब आन्तरिक कारण ले क्षती भएको बताए ।
'लोकप्रिय मतमा एक नम्बर भएको पार्टी प्रत्यक्ष तर्फ किन दोस्रो भयो भन्ने कुरो गहिरो गरि बुझ्नु भयो भने त्यहाँ आन्तरिक कारण ले केही ठाउँ गुमाउनु पर्यो । अब त्य्सो हुन नदिन पार्टी एकताबद्द हुनु पर्यो । पार्टीले अन्य पार्टी को भाँणो खाली गर्ने भनेको छ त्यसपछि त नेताहरू आफै एमालेमा आइहाल्छन । तर गुटबन्दी को नाममा आएका मान्छेहरुलाई पनि समाजबादी माओवादी माले भनेर भरिन लाको भाणो खाली गर्नु भएन । अहिले त्यस्तो भैरहेको छ , यहाँ आएका सबै एमाले हुन त्यसरी नै बुझ्नु पर्यो ,' उनले भने ।
एक अर्को प्रसंग मा सचिब भट्ट ले भिमरावललाई पार्टीमा अन्याय नभएको दाबी गरे ।
"भिमरावल तल तल आएर अन्याय भयो भनेर हिँड्नु भएको छ । उहाँले तल कुरो गरेर केही हुनेवाला छैन । उहाँ को झगडा अध्यक्ष जि संग होला तल भनेर केही पाइनेवाला छैन । उहाँलाई पार्टीले उपाध्यक्ष गृहमन्त्री , रक्षामन्त्री सबै थोक दिएकै हो अनि कसरी अन्याय भयो ? उहाँले अध्यक्षलाई मानेर जाने त्यही कुरो गर्ने हो । अहिले एमाले भनेको केपी ओलि को बिचारमा हिँड्को छ त्य्सैले जसको नेतृत्व उसैको बिचार हुन्छ । पार्टी को विधि नमान्ने अनि तल तल आएर गुट बनाएर अन्याय भयो भन्नू को कुनै तुक छैन ,' उनले भने ।
यस्तै सचिब भट्टले कंचनपुरमा शुख्खा बन्दरगाह , दैजीमा औद्योगिक क्षेत्र आफुहरुले बनाउन शुरु गरेको भएपनि कांग्रेसका नेताहरूले भ्रम फैलाउने कोशिश गर्दा पनि एमालेका नेता कार्यकर्ताहरुले प्रतिबाद गर्न नसकेको गुनासो गरे।