नेपाली काँग्रेस सुदुरपश्चिम प्रदेशका सभापति वीर बहादुर बलायरले सुदुरपश्चिम प्रदेश सरकारलाई एमाले ले बन्धक बनाएको आरोप लगाएका छन् ।शनिबार गोदावरीमा पार्टी ले आयोजना गरेको नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
'सुदुरपश्चिम प्रदेश मन्त्री मडल बिहिन बनाउन पाइँदैन । म एमालेलाई चेतावनी दिन चाहान्छु सरकारलाई समर्थन गर्ने तर सरकारमा नजाने कुरो गरेर बन्धक बनाउन पाइँदैन । तपाईंहरु समर्थन फिर्ता लिनुस हामी बरु समर्थन गर्छौ।'
कैलाली क्षेत्र नम्बर ४ का सांसद समेत रहेका बलायरले पार्टीले गरेको राम्रो कामको समेत कार्यकर्ता नेताहरू ले प्रचार गर्न नसकेको गुनासो गरे।
'यस क्षेत्रमा बिगत को भन्दा केही न केही नयाँ काम गर्दै छौँ । हाम्रा मेयर साप ले राम्रो गरिनै रहनु भएको छ । हरि सिँ साउँद र बिरेन्द्र भट्ट को काममा केही न केही फरक त छ होला त्यति त भन्दिनुस । कांग्रेस भएर कांग्रेस को काम को प्रचार त गर्नुस् । राम्रो काम गरेको छैन भने मलाई आएर भन्नुस् तर चोक चिया पसल मा भनेर कांग्रेस भैइदैन।'
उनले अहिले आफू संग केही नभएको तर बोल्ने काम मात्रै भएको बताए। सांसद बलायर अहिले को ठूलो बिमत्ती नेकपा एमाले संग रहेको बताए । उनले भने,' रबि त पात्र मात्रै हुन सहकारी मा ठूलो लगानी एमाले को छ । सरकारमा रहेका पार्टीले सहकारी पिडितलाई न्याय दिनुपर्ने हो तर उनिहरु गैर जिम्मेवार बन्न थालेपछि संसदीय छानबिन समिति माग गरेका हौ। अब त्यो समितिले छानबिन गर्ने छ।'
उनले सुदुरपश्चिमलाई बजेट दिन अहिले पनि सरकार आनाकानी गर्ने बताए ।
'मैले अर्थमन्त्रीलाई भनेको छु , संसदमा बोलेको छु अझै अर्थमन्त्री भेट्ने कार्यक्रम छ । बजेट ब्यक्ति हेरेर पावर हेरेर होइन कि आबश्यकता अनुसार न्यायोचित तवरले बितरण गरिनु पर्दछ,' उनले भने ।
भासण को अधिकांश समय बलायर ले पार्टी को आन्तरिक एकतामा जोड दिए । उनले गोदावरीमा पार्टी भित्र आन्तरिक एकता भए ८४ को निर्बाचनमा पनि कसैले हराउन नसक्ने ठोकुवा गरे ।