कैलाली र कञ्चनपुरबाट झन्डै ७ सात लाखको भन्सार छलीको सामान बरामद गरिएको छ।
कञ्चनपुरको इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले अन्दाजी १ लाख ४ हजार ४ सय मुल्यको, प्रहरी चौकी परासनले अन्दाजी ३ लाख २९ हजार मुल्यको र प्रहरी चौकी फटैयाले अन्दाजी ४६ हजार ४१५ मुल्यको सामान बरामद गरेको छ।
उक्त स्थानबाट बिडी, कचौरा, झिल्ली, सुर्ती, बिभिन्न किसिमका झोला, पर्स, नम्वर प्लेट नभएको मोटरसाइकल १ थान र साईकल २ थान फेला पारी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
यस्तै कैलालीको विभिन्न स्थान धनगढी उपमहानगरपालिका–२ कार्मल स्कुल नजिक, धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह, र भजनी नगरपालिका–५ मिलनपुर, भजनी नगरपालिका–६ नवलपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी २ लाख ३ हजार ८०३ मूल्य बराबरको सामान बरामद गरिएको छ।
उक्त स्थानबाट प्याज, चिनी, बिडी, सुर्ती, पेय पदार्थ, प्लाष्टिक झिल्ली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जानएको छ।