नेकपा( एमाले) गोदावरी नगरकमिटी को आगामी नेतृत्व को लागि आकाँक्षीहरुले दौडधुप तिब्र पारेका छन् । नगर अधिबेशन भोलि जेष्ठ १५ गते देखि शुरु हुँदै छ । अध्यक्ष का लागि बर्तमान कार्यबाहक अध्यक्ष सन्तोष सिंह र पुर्ब जिल्ला कमिटी सदस्य हरि प्रसाद फुलारा मैदानमा छन् । उनिहरु पदाधिकारीमा प्यानल सहित प्रतिस्पर्धा गर्ने रणनितीमा छन ।
यद्यपि अध्यक्ष बाहेकका पदमा अहिलेसम्म दुबै टिमले नाम भने सार्बजनिक गरेका छैनन् । १२ वटै वडाबाट ३ सय ३० प्रतिनिधि चयन भएका छन् । प्रतिनिधि चयन सबै वडामा भएपछि उनिहरुले प्रतिनिधिलाई आफ्नो पक्षमा पार्न खोजेको छन् । फुलारा र सिँह दुबै को वडा भने एउटै हो ।
बढि प्रतिनिधि रहेका वडाहरु १ , २ र ४ मा उम्मेदवारहरु बढि केन्द्रित रहेका छन् । वडा नम्बर १ मा फुलारा समर्थक प्रतिनिधि बढी छन् भने २ नम्बर वडामा सिँह समर्थक प्रतिनिधि बढी चयन भएका छन् । ४ नम्बर वडामा मिश्रित प्रतिनिधि रहेका छन् । सबै भन्दा कम प्रतिनिधी १० नम्बर वडामा ६ जना मात्रै प्रतिनिधी चयन भएका छन ।
उम्मेदवार भन्दा बाहिर रहेकाहरुको तुष
अधिबेशन नजिकिँदै जाँदा उम्मेदवारलाई त भ्याई नभ्याई हुने नै भयो तर बाहिर रहेका जिल्ला र प्रदेशका नेतारुलाई समेत ईगो को बिषय बनेको छ । जिल्ला र प्रदेशका नेताहरू पनि दुई तिर बिभाजित भएका छन् । बिगतमा संगै रहेका प्रदेश कमिटी सदस्य गोकर्ण भट्ट र पुर्ब मेयर हरि सिँ साउँद यो नगर अधिबेशनमा अलग अलग अलग टिमलाई बोक्न बाध्य छन् । गोकर्ण फुलारा को पक्षमा उभिएका छन् भने साउँद सिँह को पक्षमा छन् ।
भट्ट कै जोडबलमा सन्तोष नगरकमिटी को उपाध्यक्षमा मनोनीत भएका थिए । तर जिल्ला अधिबेशन पछि भट्ट र सिँह को सम्बन्धमा दरार उत्पन्न भयो । त्यसपछि गोकर्ण, दामोदर रिजाल , आनन्द भट्ट को मोर्चा बन्यो र उक्त टिमले फुलारालाई अगाडि सार्यो । यता साउद समुहमा पुर्ब सांसद कृष्णराज सुवेदी मिसिय जसमा प्रादेश कमिटी सदस्य रामप्रसाद चौधरी, खम्ब बुढा, चक्र बोहरा , जिल्ला कमिटी सदस्य टेक बुढा , गणेश जिमि साउँद , योगेन्द्र सिँह लगाएतका थपिएका छन् । उक्त समुहले सन्तोषलाई अगाडि सारेको छ । दुबै तिरका नेताहरू समेत अहिले प्रचारमा जुटेका छन् ।
प्रचार मै रहेका अध्यक्षका उम्मेदवार सिँहले भने ,' मेरो दाबी त स्वभाबिक नै हो । हाल कार्यबाहक छु अब पार्टीलाई एक ढिक्का पारेर अगाडि बढन मलाई नेताहरू ले निर्देशन दिनु भएको छ त्यही अनुसार मेरो दाबी हो । जिल्ला प्रदेशका सबै हाम्रै नेता हुन उहाँहरु को नाम जोडने भन्दा नि म पार्टी को संस्थापन पक्ष भन्नुस् वा मुलधार भन्नुस् सबै पक्षको उम्मेदवार हो ।'
यस्तै अध्यक्षका अर्का उम्मेदवार हरी प्रसाद फुलाराले अधिबेशनमा सहमती नभएर निर्बाचन भए आफुले जित्ने दाबी गरे । उनले पार्टीका सांगठनिक गतिबिधी चुस्त दुरुस्त पार्न र मिसन ८४ सफल पार्न आफुले एक पटक नेतृत्व गर्न चाहेको बताए । फुलाराले भाबनात्मक रुपमा पनि पार्टीका धेरै नेताहरु आफ्नो पक्षमा रहेको जिकिर गरे ।