नेकपा (एमाले) गोदावरी नगर कमिटी को आगामी १५ गते हुने अधिबेशन को लागि ११ वटै वडाबाट प्रतिनिधि चयन भएका छन् ।
८ जना संगठित सदस्य बराबर एक जना प्रतिनिधि चयन हुने ब्यब्स्था अनुसार ११ वटै वडा बाट २ सय १० प्रतिनिधि चयन भएका छन् । वडा नम्बर २ बाट भने भोलि मात्रै प्रतिनिधि को टुंगो लाग्ने छ ।
उक्त वडाबाट ३८ प्रतिनिधि चयन हुने छन् । गोदावरी नगर कमिटीका कार्यबाहक अध्यक्ष सन्तोष सिँहका अनुसार मंगलबार सबै वडाबाट सर्ब सम्मत नै प्रतिनिधि चयन भएका छन् ।
गोदावरीमा एमालेका झन्डै २ हजार बढी संगठित सदस्य रहेका छन् । प्रतिनिधि चयन संगै अधिबेशन को माहोल झनै तातेको छ । अधिबेशन मार्फत नयाँ नेतृत्व चयन हुने छ ।
नगरकमिटी को अध्यक्षमा हालका कार्यबाहक अध्यक्ष सन्तोष सिँह र युबा नेता हरि फुलारा ले दाबि गरेका छन् । नेतृत्व को लागि दुई जना आकाँक्षी भएपछि जिल्ला र प्रदेशका नेताहरू पनि बिभाजित हुने भएका छन् ।
सन्तोष सिँहलाई पुर्ब मेयर हरि सिँ साउँद , पुर्ब सांसद कृष्णराज सुवेदी , प्रदेश कमिटी सदस्य राम प्रसाद चौधरी , खम्ब बुढा, जिल्ला कमिटी सदस्य गणेश जिमि साउँद , योगेन्द्र सिँह, भीष्म सुबेदी को समर्थन रहेको बुझिएको छ ।
फुलारालाई भने प्रदेश कमिटी सदस्य गोकर्ण भट्ट , दामोदर रिजाल, जिल्ला कमिटी सदस्य आनन्द भट्ट , टिकाराम आचार्य लगाएत को समर्थन रहेको चर्चा छ ।
प्रदेश र जिल्ला कमिटी सदस्य रहेका केही नेता भने मौन बसेका छन् । नेतृत्व सहमतिबाट चयन गर्ने केही नेताहरूले बताएपनी त्यो संभावना कम हुँदै गएको स्वयं उम्मेदवार दाबी गरेकाहरुले बताउन थालेका छन् ।