कैलाली को गोदावरीमा नेकपा(एमाले) नगर कमिटी को अधिबेशन को सरगर्मी बढेको छ ।
जेठ ४-५ गर्ने अधिबेशन को तयारी को लागि आज शुक्रबार सचिबालयको बैठक बोलाइएको थियो । तर आबश्यक संख्या नपुगेपछी बैठक बस्न सकेन ।
आज को बैठकमा प्रदेश र जिल्ला का एक पक्षीय नेताहरू मात्रै बोलाएको भन्दै अर्को पक्षका सचिबालय सदस्य सहभागी नभएको बुझिएको छ ।
आगामी नेतृत्व को लागि हालका कार्य बाहक अध्यक्ष सन्तोष सिँह र हरि फुलारा को नाम चर्चा मा रहेको छ । दुबै जना वडा नम्बर ६ का अगुवा नेता हुन ।
यस्तै अध्यक्षमा पुर्ब जिल्ला कमिटी सदस्य शर्मानन्द भट्ट को नाम पनि चर्चामा छ । यद्यपि उनी सहमति बाट नेतृत्व टुंगो लागे मात्रै अगाडि सर्ने उनी निकट नेताहरू ले बताएका छन् ।
गोदावरी एमाले को पुरानो गुट भत्कियो
बिगत लामो समय देखि दुई धारमा देखिने एमाले गोदावरी भित्र को गुट जिल्ला अधिबेशन पछि तीन धारमा देखिएको थियो ।
प्रदेश अधिबेशन सम्म एक धारमा हरि सि साउँद , गोकर्ण भट्ट , राम प्रसाद चौधरी, खम्ब बुढा लगाएतका नेताहरू थिए भने अर्को धारमा दामोदर रिजाल , आनन्द भट्ट , कृष्णराज सुवेदी लगाएतका नेताहरू थिए ।
जिल्ला अधिबेशन पछि गोकर्ण भट्ट समूह साउँद समुहबाट अल्गिएको थियो । अहिले नगर अधिबेशन नजिकिँदै जाँदा गोकर्ण समूह र आनन्द समूह नजिकिएको चर्चा चलेको छ ।
त्यसैलाई पुष्टि गर्न आज को बैठकमा दुबै समुहका नेताहरू सहभागी भएनन् । अब साउँद समुह को उम्मेदवार को रूपमा सन्तोष सिह देखिएका छन् भने अर्को समुहबाट फुलारा उम्मेदवार बनेका छन् । यद्यपि नेताहरुले खुलेर अझै पनि समुह का उम्मेदवार को बारेमा बताएका छैनन् ।
साउँद समुहका एक नेताले भने ,"खै आज नगरकमिटी को बैठक थियो उहाँहरु किन आउनु भएन , अधिबेशन त गर्नु पर्छ होला । सन्तोष कार्यबाहक हुन उनको उम्मेदवारी स्वभाबिक हो । तर छलफल होला नि अझै समय बाँकी नै छ । उहाँहरु मिल्नु भएको छ भन्ने सुन्न मा आएको छ । तर हाम्रो नेता लेखराज नै हुन । हामी त्यसमा दायाँबायाँ छैनौ । "
एमाले कैलालीको जिल्ला अधिबेशन को बेला गोदावरीमा तीन धार सकृय थियो ।