सुदुरपश्चिम राजधानी मेयर कप कंचनपुर को हिमाल फ्रेन्डस क्लब पुनर्बास ले जितेको छ ।
बैशाख १४ देखि जारी प्रतियोगिता को फाइनल खेल शनिबार भएको थियो । पि एफ ए स्पोर्ट्स क्लब को आयोजनामा गोदावरी -८ स्याउले ग्राउन्डमा भएको खेलमा हिमाल फ्रेन्डस क्लब पुनर्बासले पेनाल्टी शुट मा ५-४ ले पुनर्बास खेलकुद बिकास समिति, पुनर्बासलाई पराजित गरेको हो ।
खेल को ४४ औं मिनेटमा पुनर्बास खेलकुद बिकास समितिका फरवार्ड खेलाडी सुशील तामाङ ले टिमलाई १-० को अग्रता दिलाएका थिए ।
उनले ग्राउन्ड को दाइने तर्फबाट किपरलाई छक्काउँदै सहज गोल गरे । खेल को ८० औं मिनेटमा हिमाल फ्रेन्डस क्लबका जर्सी नम्बर ७ का खेलाडी धिरेन्द्र शाहले गोल फर्काएर खेल बराबरीमा पुर्याएका थिए।
९० मिनेटको खेल बराबरीमा तोकिएपछी ४ मिनेट थपिएको थियो । उक्त समयमा पनि गोल नभएपछि पेनाल्टी शुट आउटमा गेम गएको थियो ।
प्रतियोगितामा सर्बोत्कृष्ट् खेलाडी अमृत थापा घोषित भए भने म्यान अफ द म्याच जि आर अक्सेक भए ।
यस्तै उदयमान खेलाडी दिपेश ओली घोषित भए भने सर्वाधिक गोलकर्ता को उपाधी सुशील तामाङ ले पाए ।
प्रतियोगिता मा बेष्ट डिफेन्डर आशिष् पुन घोषित भए भने उत्कट गोलरक्षक जि आर अक्सेक भए । प्रतियोगितामा १० टिमको सहभागीता रहेको थियो ।
जित संगै हिमाल फ्रेन्डस क्लब ले २ लाख नगद , ट्रफी र मेडल प्राप्त गरेको छ । प्रतियोगितामा दोस्रो भएको पुनर्बास खेलकुद बिकास समिति ले १ लाख ट्रफी र मेडल पाएको छ ।
बिजेता टिम र खेलाडीलाई नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट ले पुरुस्कार बितरण गरेका थिए ।
क्लबकि उपाध्यक्ष भगवती साउँदले प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिइन् ।