नेपालले वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्धको पाँच खेलको टी–२० सिरिज ३–१ ले गुमाएको छ। त्रिवी क्रिकेट मैदानमो बुधबार भएको चोथो खेलमा नेपाल वेस्ट इन्डिजसँग २८ रनले पराजित भएको छ।
वेस्ट इन्डिजले प्रस्तुत गरेको २ सय १० रनको विशाल लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १८१ रनमा अलआउट भयो। कप्तान रोहित पौडेलले ४७ बलमा पाँच छक्का र सात चौकाको सहयोगमा सर्वाधिक ८२ रनको योगदान दिए।
यसैगरी सन्दीप जोराले १९ रन र दीपेन्द्रसिंह ऐरीले १९ रन बनाए । गुल्सन झाले पनि १९ रनकै योगदान दिए। अभिनाश बोहोरा अन्तिम सम्म आउट नभई आठ बलमा एक छक्का र दुई चौकाको सहयोगमा १७ रन जोडे। नेपालको इनिङ्समा ललित राजवंशी, प्रतिश जिसी तथा ओपनर आसिफ सेख सुन्य रनमा आउट भएका थिए।
यसअघि ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा तीन विकेट गुमाएर २ सय ९ रन जोडेको थियो। फर्ममा रहेका जोनसन चाल्र्स र एन्ड्रे फलेचरले नेपालविरुद्ध उत्कृष्ट ब्याटिङ गर्न सफल भए। दुवैले दोस्रो विकेटका लागि ९२ रनको साझेदारी गरी वेस्ट इन्डिजलाई ९.६ ओभरमा १०१÷२ को बलियो स्थितिमा पुर्याएका थिए।
अघिल्लो खेलमा शतकीय इनिङ खेलेका चाल्र्सले ५८ रनको योगदान दिए। उनले ३० बलमा तीन चौका र ६ छक्का प्रहार गरेका थिए। उनी कुशल भुर्तेलको ओभरमा क्याच हुन पुगे।
भुर्तेलले १३.२ ओभरमा केआसी कार्टीलाई चार रनमा कप्तान रोहित पौडेलबाट क्याच आउट गराए । फलेचरले फाविआन एलानसँग चौथो विकेटका लागि ८३ रनको साझेदारी गर्दे टोलीको स्कोरलाई पुनः एकपटक दुई सय रनमाथि कटाए। फलेचर र फावियानले १३.२ देखि २० ओभरसम्म ब्याटिङ गरेका थिए । फलेचरले ५४ बलमा नौ चौका र चार छक्का प्रहार गरी सर्वाधिक ८४ रन जोडे । कार्टीले १९ बलमा तीन छक्का र दुई चौको सहयोगमा ३३ रनको योगदान दिए । नेपालले वेस्ट इन्डिजलाई २५ अतिरिक्त रन दिएको थियो।
बलिङमा नपालका लागि कुशल भुर्तेलले सर्वाधिक दुई विकेट लिन चार ओभरमा २३ रन खर्चेका थिए। प्रतिश जिसीले चार ओभरमा ४३ रन खर्चदै एक विकेट हात पारे। नेपालका प्रमुख बलर सोमपाल कामीले दुई ओभरमा १५ रन खर्चे । ललित राजवंशीले चार ओभरमा ५३ रन दिए। अभिनाश बोहोराले चार ओभरमा ४२ रन खर्चेका थिए।