कैलालीको अत्तरिया उधोग बाणिज्य संघका बहुमत सदस्य ले बैठक बहिस्कार गर्न थालेका छन् । अध्यक्ष कल्याण सिँ बोहरा ले बोलाएको बैठकमा बरिस्ठ उपाध्यक्ष दलबहादुर खड्का सहितका १० जना अनुपस्थित रहने गरेका छन् । नक्कली ठेली प्रकरणमा अध्यक्ष माथी मुद्दा चलिरहेकोले बोहरालाई अध्यक्ष स्वीकार गरेर जान नसकिने उनिहरुको तर्क छ ।
उनिहरुले अध्यक्षले राजीनामा दिएर बिशेश साधारण सभामा जाने बाटो खोलिदिनु पर्ने बताउन थालेका छन् । सोमबार अध्यक्ष बोहरा ले बैठक बोलाएका थिए तर बहुमत १० जना बैठकमा गएनन् । बोहरा पक्षका ३ जना भने बैठकका सहभागी भएका थिए । अत्तरिया उधोग बाणिज्य संघ रहेको भबन आसपास को क्षेत्रमा शसस्त्र प्रहरीले आफ्नो संरचना बनाउन खोजेपछि साझा धारणा बनाउन बोहराले बैठक डाकेका थिए ।
महासचिव शंकर खड्का पनि बैठकमा नगए पछि स्वयं अध्यक्ष आफैंले माइनुट लेखेका थिए । उक्त माइनुट को आधारमा उनले सशस्त्र प्रहरीलाई एक पत्र समेत पठाएका छन् । संघले लगाएको महोत्सवमा नक्कली टिकट का ठेली फेला परेपछि संघ क उजुरी को आधारमा ६ जना माथि प्रहरीले अनुसन्धान जारी राखेको छ।
स्वयं अध्यक्ष बोहरा झन्डै एक महिना फरार रहेका थिए । अध्यक्ष बोहरा , महासचिव खड्का सहित समितीका अन्य ३ जना धरौटीमा छुटेका थिए । मुद्दा भने सबै माथी कायमै रहेको छ ।
ब्यबसायीहरु अबिस्वास प्रस्ताव ल्याउने तयारीमा
अत्तरियाउधोग बाणिज्य संघ को हाल को कार्य समिति असक्षम भएको भन्दै व्यावसायिहरु अबिस्वास को प्रस्ताव दर्ता गर्ने तयारी मा जुटेका छन् ।
यसको लागि दुई तीन चरण को मिटिङ छलफल समेत उनीहरुले गरिसकेका छन् । संस्था को बिधान अनुसार नै संस्थाका बहुमत साधारण सदस्यहरुले अध्यक्ष सहितका पदाधिकारी माथी बिश्वास नभएको भन्दै उक्त तयारी थालेका छन् । बार्षिक साधारण सभा अगाबै अबिस्वास दर्ता गरिने एक अगुवा ब्यबसायी ले बताए ।
नक्कली ठेली प्रकरणको निषप्क्ष छानबिन को माग गर्दै यहाँ ब्यबसायीहरु आन्दोलित समेत भएका थिए । उनिहरुले संघर्ष समिति बनाएर नै दबाब मुलुक बिरोधका कार्य गर्दै आएका थिए ।
संघर्ष समितिका एक सदस्य ले भने ,' यो समिति नै अब अबैध भैसक्यो , उहाँहरु को नाममा मुद्दा चलेको छ । नैतिकता को आधारमा राजिनामा दिनुपर्ने हो । तर खै कसैले राजीनामा दिएका छैनन् । अब हामी उहाँहरु माथी बिश्वास छैन भन्ने निष्कर्षमा पुगेर उक्त प्रस्ताव दर्ता गराउछौ । त्यसपछि उहाँहरु कानुनी रूपमा नै बाहिरिनी हुन्छ र संस्था बिशेश साधारण सभामा जान्छ त्यसपछि नयाँ नेतृत्व चयन प्रक्रियामा जान्छ । हामिले तयारी शुरु गरिसकेका छौँ ।'