कैलालीको भजनी नगरपालिका– ७, लालबोझीमा मोहना नदीको बाढीले पुरेपछि खेत बनेको ७९.२१ हेक्टर जमिनमा फैलिएको पुरैना ताल ब्युँताउन थालिएको छ ।डिभिजन बन कार्यलय पहलमानपुरले तालको पुन निर्माणका लागि आइतबार देखि रात दिन ८ वटा जे सि बि ले तालको १० फिट चौडाइ र ५ फिट उचाईको ३५ सय मिटर डिल (ड्याम) निर्माण कार्य सुरु गरेको हो ।
सब डिभिजन वन कार्यलय भजनी का प्रमुख मो.ताहा हुसेन मिकरानीको नेतृत्वमा आइतबार बिहान ८ बजे देखि डिभिजन वन कार्यलय पहलमानपुर अन्तर्गतका सबै सब डिभिजन वन कार्यलयका कर्मचारिहरु , सशस्त्र वन रक्षक , नेपाल प्रहरी , सशस्त्र प्रहरी लगायतको टोलि स्थलगत पुरैना तालमा काममा जुटेको छ ।
पुरैना ताल पुन निमार्णका लागि डिभिजन वन कार्यलय पहलमानपुरले करिब ३ बर्ष देखि सामुदायिक बन समन्वय समिती, नापी कार्यलय कैलाली , जिल्ला प्रशासन कार्यलय कैलाली सङ्ग आवश्यक पटकपटक निरन्तर रुपमा ३ बर्ष देखि छलफल पछि तालको नक्साअनुसारको क्षेत्र रेखाङ्कन भै माटोको डिल (ड्याम्म ) बनाउन सुरु गरिएको हो ।
पुरैना तालको डिल बनाउने कार्यको स्थलगत अनुगमन गर्दै कैलाली प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रले नेपाल सरकार गृह मन्त्रालयको परिपत्र अनुसार कैलाली जिल्लामा सरकारी जमिन , सार्बजनिक जमिन , सघं सस्थाको नाममा विभिन्न बहानामा भएका वन अतिक्रमण हटाइउने भनिए बमोजिम कैलाली जिल्ला प्रशासन अहिले वन अतिक्रमण हटाउने कार्यमा निरन्तर रुपमा लागि परेको छ ।
डिभिजन वन पहलमानपुरको समन्वयमा जिल्लाका सबै सुरक्षा निकाएको सहयोगमा यो पुरैना ताल अतिक्रमण हटाइ पुन निर्माणका लागि माटोको डिल (ड्याम ) निर्माण कार्य गरिएको छ । यो पुरैना ताल स्थानीयहरुले बर्सौ देखि खेतीपाती लगाउदै आएका थिए । भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले तत्कालीन समयमा तालको रेखाङ्कन गर्दै तालको क्षेत्र छुट्याउने सहमति स्थानीयसँग भएको बताए ।
“पुरैना ताल भजनीको मात्रै नभै कैलाली जिल्लाकै महत्वपूर्ण बसन्ता जैविक मार्ग हो जसमा भारतीय दुधुवा नेशनल पार्क सङ्ग प्रत्यक्ष रुपमा जोडिएको हुँदा पुरैना ताल पुन: निमार्णका लागि आवश्यक रहेको छ । यसको पुननिर्माणका स्थानीय सरकारले सुरुदेखि नै प्रयास गर्दै पनि आएको छ,' उनले भने ।
डिभिजन वन कार्यलय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुरले यो पुरैना ताल वसन्ता जैविक मार्गसँग जोडिएकाले जैविक विविधताका हिसाबले पनि महत्वपूर्ण मानिएको बताए ।
"यो तालमा स्थानीयका अनुसार पहिले सयौँ बिघा क्षेत्रमा फैलिएको यो तालमा जलचर र विभिन्न प्रजातिका आगन्तुक तथा रैथाने चराहरुको वासस्थानका रूपमा थियो । वसन्ता जैविक मार्ग भारतको दुधुवा राष्ट्रिय निकुञ्जसँग जोडिएकाले वन्यजन्तु ओहोरदोहोर गर्छन् । वसन्तासँग जोडिएको यो तालमा वन्यजन्तु पानीका लागि आउने गर्थे । अतिक्रमण हटाएर ताललाई पुरानै स्वरूपमा फर्काउन सके जैविक विविधताको संरक्षणमा टेवा पुग्नेसँगै पर्या–पर्यटनको समेत विकास हुनेछ," उनले भने ।
भजनी– ७ का वडाध्यक्ष अमरबहादुर कठरियाका अनुसार ०६४ को बर्खामा मोहना नदीको बाढी तालमा पसेपछि बालुवाले भरिएको थियो । २०७२ देखी २०७५ सालमा आएको बाढीले ताल थप भाग पुर्यो । ताल पुरिएपछि स्थानीयले खेती लगाउन सुरु गरेका थिए ।
‘ताल पुरिएको एक–दुई वर्षपछि स्थानीयले खेती लगाउन सुरु गरे । अहिले यहाँ तालको अस्तित्व नै छैन,’ उनले भने । स्थानीयहरुले ७/८ बर्ष देखि अतिक्रमण गरि खेतीपाती लगाइका थिए ।ताल बालुवाले पुरिदै गयो आफ्नो सिमाना अनुसार स्थानीय हरुले दिनप्रतिदिन जग्गा बढाउदै गएको ले ताल पुरै खेतमा परिणत भएको हो ।
बसन्ता सरक्षित बन क्षेत्रमा पर्ने लालबोझीमा रहेको पुरैनाताल खेती योग्य जमिन परिणत भएको छ । पानी भएको कोर क्षेत्र( भित्री भाग ) ७९.२१ हेक्टरमा फैलिएको ताल चरा अवलोकनका लागि उपयुक्त मानिन्थ्यो ।
मोहना नदिमा २०६५ सालमा आएको बाढिले ताललाई बगरमा परिणत गर्न सुरुवात गरेको थियो पुन २०६८, २०७२ र २०७५ सालमा आएको बाढिले ताललाइ पुरेर बगरमा परिणत गरेको थियो ।
पुरैना तालको ड्याम निर्माणको कार्यको स्थलगत अनुगमनमा राष्ट्रिय अनुसन्धान बिभाग उप अनुसन्धान निर्देशक मोहन कुवर , जिल्ला प्रहरी कार्यलय कैलालीका प्रमुख प्रहरी उपनिरिक्षक पदम वहादुर बिष्ट , सशस्त्र प्रहरी कैलालिका उपनिरिक्षक दल बहादुर पाण्डे र पत्रकारहरुको सयुक्त टोलिले अनुगमन गरेको थियो ।