बाजुरा - उद्योग वाणिज्य संघ बाजुराले बैशाख २० गते देखि बाजुरा महोत्सव गर्ने भएको छ । स्थानीय उत्पादनको प्रवर्द्धन र विकासमा टेवा पुर्याउने प्रमुख लक्ष्य सहित नयाँ वर्षको आगमन सगै महोत्सव आयोजना गर्न लागेको अध्यक्ष देव बहादुर रोकायाले बताएका छन् । महोत्सव बैशाख २० देखि २६ गतेसम्म मार्तडीमा हुने संघले सार्वजनीक कार्याक्रमको सम्मेलन मार्फत जानकारी दिएका छ । संघिय संरचनाको विकास सँगै जिल्लामा पहिलो पटक वाणिज्य संघले महोत्सव आयोजना गर्न लागिएको सस्थाका अध्यक्ष रोकायाको भनाइ छ ।
नौ वटै स्थानीय तहको अपनत्व महशुस गराउने गरी सबै व्यापारी, वुद्धीजीवी सहित सरोकारवाला निकायसँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागिएको हो। ७ दिन सम्म चल्ने महोत्सवमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड उपस्थिति रहने छ । ८७ लाख बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको महोत्सवमा स्थानीय उत्पादनको प्रर्दशनीले विकासमा सरकारको ध्यानाकर्षण गराउनु प्रमुख राखिएको छ ।
महोत्सवमा प्रमुख आकर्षकका रुपमा भुवा नाँच, लाखे नाच, अनन्ते नाच, भुवा चाली, बालो नाच, हुर्केउली, भोटे सेलो, लाखे नाच सहीतका स्थानीय झाँक्री रहने छन् भने कोदो, फापर, जौ, उवा, चिनो र कागोनोका विभिन्न परिकार खान पाईने छ । कृषी,जडिबुटी, उद्योग, पर्यटन र व्यापार समृद्ध बाजुराका लागि विकासको आधार भन्ने नारा तय गरिएको महोत्सवमा ६० प्रतिशत स्थानीय महत्व र बिशेषतासँग जोडिएको हुने अध्यक्ष देवबहादुर रोकायाले जानकारी दिए ।