नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले चुनावी अधि को गठबन्धन अब कसैले नगर्ने बताएका छन् । आज मंगलबार धनगढीमा समुदाय मा कांग्रेस अभियानलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
'चुनावी अधि को गठबन्धन त कांग्रेसले अब गर्दै गर्दैन अरु दलहरू ले पनि गर्दैनन । यहाँ त चुनाव अघि को गठबन्धन मात्रै असफल भएन कि चुनाव पछि सरकार बनाउने गठबन्धन पनि सफल भएन । गठबन्धन बनाएर एउटालाई प्रधानमन्त्री बनाउने त्यसपछि उसको काम बिहान एउटा दल को चित्त बुझाउने साँझ अर्को दल को चित्त बुझाउने बाहेक केही हुन सकेन,' महामन्त्री थापा ले भने ।
उनले अब निर्बाचन प्रणाली फेर्नु को बिकल्प नभएको बताए । त्यसको लागि नेकपा एमाले संग सम्बाद गर्नुपर्ने उनको तर्क छ ।
'यो निर्बाचन प्रणाली असफल भयो । स -सना पार्टीको सटर बन्द गर्न पनि निर्बाचन प्रणाली फेर्नु पर्छ । त्यसको लागि दुई तिहाई चाहिन्छ । एमाले संग सम्बाद नगरी हुन्न,' उनले भने ।
थापा ले अब एक बर्ष नेपाली कांग्रेस सरकारमा जानै नहुने तर्क गरे । उनले सबैले मिसन २०८४ भनिरहेको बेला कांग्रेसले त्यता ध्यान दिन नहुने बरु अहिले नै मिसन बनाउने पर्ने बताए ।
'मिसन ८४ होइन , मिसन ८० , ८१,८२, ८३ भनौ अहिले को अवस्था नसुधारेर मिसन ८४ भनेर के गर्ने,' उनको प्रश्न छ ? यस्तै महामन्त्री थाहाले कांग्रेस भित्रको आन्तरिक गुट को अन्त्य गर्नुपर्ने बताए ।
गुट को राजनीति अन्त्य गर्न कांग्रेस को बिधान मै बदल्नु पर्ने उनको भनाई छ ।