नेकपा (एमाले)का सचिब लेखराज भट्टले नयाँ बर्ष तथा बिसु पर्व को अबसरमा आयोजना गरेको शुभकामना कार्यक्रममा भिमरावलको खोजी भएको छ । शनिबार भट्ट निवास अत्तरियामा अयोजित कार्यक्रममा शुरुमा सबैलाई परिचयको लागी उदघोषक निबर्तमान कैलाली एमालेका अध्यक्ष दुर्गा जोशीले आग्रह गरे ।
सो क्रममा पूर्व सासद कृष्णराज सुबेदीले एमाले नेता भिमरावललाई पनि पार्टीमा भूमिका दिन सचिब भट्टलाई आग्रह गरे ।
सुबेदी ले भने - 'सचिब कमरेड पनि बार्ता टोलीमा हुनुहुन्थ्यो भिमरावल बिनाको एमाले सुदुरपश्चिम कसरी होला ? उँहालाई पनि ठुलै ठाउँ नभएपनी थोरै भूमिका त दिनुपर्यो । मलाई त रावल पक्षधर भन्ने गर्छन् । उँहालाई पनि कसरी हुन्छ ठाउँ दिन पर्यो ।'
त्यसपछि एमाले कैलालीका उपाध्यक्ष लोकेन्द्र शाहीले पनि आफ्नो परिचय दिने क्रममा सुबेदीको कुरामा सहमती जनाए । सबैको परिचय र शुभकामना दिने क्रम सकिएपछि आफ्नो भनाई सचिब भट्टले राखेका थिए । उनले भने,' आज शुभकामना मात्रै दिउँ राजनितिक कुरा नगरौ भन्ने थियो तर सुबेदी जि कुरा निकालीहाल्नु भयो । रावल जि बिषय हाम्रो तलबाट समाधान हुने होइन । मलाई त केही छैन हेर्नुस रावल जि उमेर पनि म भन्दा जेठो नै हुन । हाम्रो राम्रै सम्बन्ध छ पनि छ । उँहा तपाईं को मात्रै होइन सबैका नेता हुन । उँहालाई अध्यक्ष सँग कुरा गर्नुस तपाईंको बिषएमा के हो भनेर धेरै पटक भनिसकिएको छ । त्यसैले ब्यक्ती प्रधान मान्ने कुरा छोडौँ ।'
सचिब भट्टले पार्टीको गती ठीक ढंगले समात्न नसक्ने धेरै ब्यक्तीहरु नेपालका कम्युनिष्ट पार्टीमा हराउँदै गएको बताए । उनले आफु एमालेमा कसैको भाग खान नआएको समेत प्रष्ट पारे ।
'मलाई त हेर्नुस केही छैन, कसैको भाग खान आएको पनि होइन । केपी ओलिलाई नेता मानेर भएको सबै चिज छोडेर एमालेमा लागेको हुँं । पार्टी अध्यक्षले साधारण सदस्य मात्रै बस भने पनि म तयार नै छु । तर ब्यक्ती मान्ने भन्दा पनि पार्टी मान्ने कुरा प्रधान हो,' उनले भने ।
शुभकामना कार्यक्रममा एमाले सुदुरपश्चिमका अगुवा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।