बाजुरा – जिल्लाको सदरमुकाम मार्तडीमा रहेको बडीमालीका नगरपालिका सफा र स्वच्छ नगर बनाउने अभियान सुरु भएको छ । शनिबार देखि मार्तडीमा सफा र स्वच्छ मार्तडी भन्ने अभियान सुरु भएको बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टले बताउनुभयो । उहाँले बडीमालिका नगरपालिकालाई जिल्लाकै नमुना नगरपालिका बनाउने उद्देश्यका साथ अभिएन सुरु भएको बताउनुभयो ।
उपमेयर विष्टले भन्नुभयो – ‘नगरपालिकाको सबै वडाहरुले सरसफाइ अभियान अघि सारेको छ । सफा र स्वच्छ नगर बनाउने उद्देश्यका साथ अभियान संचालन गरिएको हो ।
अभियानमा सबै नगरबासि एक भएर लागेका छन ।’ अभियान अन्तरगत शनिवार बिहान सदरमुकाम मार्तडीको बिच बजारको सरसफाई गर्नुका साथै फोहोर जथाभाबी नफाल्न समेत स्थानियलाई आग्रह गरिएको छ । नगरपालिका क्षेत्रमा बसोबास गर्ने उद्योगी, व्यापारी, सुरक्षाकर्मी, सरकारी तथा गैर सरकारी कार्यालययका कर्मचारी र सर्वसाधारणको सरसफाइ अभियानलामा जुटेका छन ।
नगरपालीकाको क्षेत्रमा पर्ने मुख्य सडक र अन्य सडकहरुमा जताततै फोहर देखिन थालेकाले सफा अभियान सुरुवात गर्नु परेको वडा न ८ का अध्यक्ष प्रकाश रावलले बताउनुभयो ।
उहाँले वडा कार्यालयको नेतृत्वमा शनिबार देखिनै वडाका कार्य क्षेत्र भित्रका टोलटोल र बजार क्षेत्रको नगरपालिकाका कर्मचारी, सुरक्षाकर्मी, व्यापारी, होटल व्यवसायी, राजनिक दल समेतको सहभागितामा सफा मार्तडी अभियान संचालननमा ल्याइएको बताउनुभयो ।
नगरपालिकामा युएन हेविटेड र युनियसेफको आर्थिक सहयोगमा पुर्ण सरसफाई अभियान संचालन भइरहेको निमित्त प्रमुख प्रशासकिय अधिकृत रंगमल विकले जानकारी दिनुभयो ।