अत्तरिया – तिहार सकिए पनि सयपत्री फुलले गाउँघर ढकमक्क छन । तिहारको समयमा फुल्ने र तिहारमा बिशेष प्रयोग हुने सयपत्री तिहार पछि पनि ढकमक्क फुलिरहेका हुन्छन । तिहारमा यस फुलको बिशेष महत्व छ ।
तिहार लगायतका चाडपर्व र धार्मिक कार्यमा प्रयोग हुने सयपत्री फुल बधाई दिन, स्वागत गर्न पनि प्रयोग हुँदै आएको छ । कार्यक्रमहरुमा प्रमुख अतिथि बिशिष्ट अतिथि तथा अतिथिहरुलाई स्वागत गर्न खादा संगै फुलका मालहरु पनि लगाउने चलन छ ।
अहिले सयपत्री फुलको मौसमलाई संयोग नै मान्नुपछि शुक्रबार कैलालीको गोदावरीमा भएको एक कार्यक्रममा गोदावरी नगरपालिकाका जनप्रतिनिधिलाई स्थानिय तथा आयोजकले यति धेरै मालाको प्रयोग गरेर स्वागत गरे कि जनप्रतिनिधिको अनुहारनै ढाकिए ।
आयोजकले प्रमुख अतिथिहरुलाई कार्यक्रमको स्थलको मुल गेटमानै प्रमुख अतिथिलाई स्वागत गर्ने योजना बनाएका थिए । गेटमा नै स्वागत गर्न सत्रपत्रीका माला तयार पारिएका थिए भने बाजागाजाको पनि व्यवस्था गरिएको थियो । निकै भव्य तरिकाले प्रमुख अतिथिलाई स्वागत गर्ने योजना बनाएको आयोजकले मुलगेटबाट नै माला सहित स्वागत गर्न तयारी गरेका थिए । प्रमुख अतिथिहरुलाई स्वागत गर्न अगाडीनै आएका अन्य अतिथिलाई पनि मञ्च खालि गर्न लगाईयो भने प्रमुख अतिथिलाई लिन गेट सम्म जान भनियो ।
१ घण्टा ढिलो आएका प्रमुख अतिथिलाई लिन आयोजक र अन्य अतिथि गेटसम्म पुगे र पन्चेबाजा बज्यो । अनि आयोजकले तयार पारेका माला एकैचोटी यति धेरै लगाईदिए कि लाग्थो अथितिका लागि मालाको बर्षानै भयो ।

अतिथिहरुलाई सबैले पहि-याउने माला लगाउन दिनका लागि पहिले पहि-याईएका माला पटक पटक खोल्नु य-यो । अतिथिलाई स्वागत गर्न मात्रै नभई मञ्च नै सयपत्री फुलले सजाईएको थियो ।
कैलालीको गोदावरी नगरपालिका ३ मा भईरहेको प्रथम इन्डो – नेपाल कराँते प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि र बिशिष्ट अतिथिका रुपमा रहेका गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिंह साउँद र उपप्रमुख रत्ना कडायतलाई आयोजक राष्ट्रिय गोजुरियो कराँते दो संघ कैलालीको भव्य स्वागत गरेको हो । स्वागतका क्रममा अन्य गोदावरी नगरपालिकाका जनप्रतिनिधिहरुलाई पनि माला लगाईएको थियो । कार्यक्रमको उद्घाटन पनि सयपत्रीको फुलमा पानी हालेरै गरिएको थियो ।
२ दिन सम्म संचालन हुने प्रतियोगित शनिबार सकिदैछ । प्रतियोगितामा नेपाल र भारतका गरी ५०० खेलाडिको सहभागीता रहेको आयोजकले जनाएको छ ।
संघले प्रत्येक बर्ष आयोजना गर्दै आईरहेको अन्तराष्ट्रिय स्तरको प्रतियोगिता यस बर्ष गोदावरी नगरपालिकामा पहिलो पटक आयोजना गरिएको हो ।
तिहारका समयमा फुल्ने सयपत्री फुलको व्यवसायीक खेति गर्नेले बजारमा बिक्रि गर्ने गरेका भएपनि गाउँघरमा फुल्ने अधिकान्स फुल भने त्यतिकै खेर जाने गरेका छन ।
कैलालीको गेटामा नर्सरी व्यवसाय गर्दै आएका पुष्प राज पन्तले सयपत्री फुलको तिहार बाहेकका समयमा बजार नपाउँने गरेको बताउनुभयो । उहाँले तिहारका समयमा ४० देखि ५० रुपौयाँ प्रतिकेजिका दरले बिक्रि हुने भएपनि अन्य समयमा खासै बिक्रि नहुने गरेको बताए ।
सयपत्री फुलको खेती गाउँघरमा सजिलै गर्न सकिने भएपनि यसको व्यवसायीक विकास भने हुन सकेको छैन । अझै पनि तिहारका समयमा नेपालमा फुल आयात गर्ने गरिएको छ । नेपालमा उत्पादन भएको सयपत्री फुलले भने अझै पनि उचित बजार पाउन सकेको छैन ।
सयपत्री फुल
यो फूल नेपालको प्रसिद्ध फूल हो । यसलाई अंग्रेजीमा ‘मैरी गोल्ड’ भनिन्छ । त्यस्तै हाम्रो देश नेपालमा कतै कतै सयपत्रीलाई ‘हजारी फूल’ भनेको पनि सुनिन्छ । यो फूल धेरै प्रजातीको हुन्छ । नेपालमा सयपत्रीको खेती सत्रौं शताब्दीको उतरार्धतिरै भित्रिएको तथ्य नीलतन्त्र नामक दस्तावेजमा छ । राँगा खसीको सयपत्री जस्तै पत्रे आकार देखेर यसलाई सयपत्री भन्ने गरिएको हुनुपर्छ । तर यसमा पत्रैपत्र हुँदैन मसिनो मसिनो थुप्रै फूलको थुङ्गो बुके बनाए जस्तो हुन्छ । त्यसैले यसलाई गाउँघरमा अझै पनि थुङ्गेफूल भनिन्छ ।
मेक्सिको तथा मध्यअमेरिकी जंगली फूल हो यो । अमेरिकामा पत्ता लागेपछि मात्र यसको फैलावट संसार भरि भएको हो । यसको जन्मथलो मेक्सिकोका पहाडहरूमा सेप्टेम्बरदेखि तुषारो नलागेसम्म उत्पादन हुन्छ र नेपालमा पनि ठीक त्यही बेला अर्थात् मौलिक रूपमै हुन्छ ।
तर अन्य स्थानमा पुगेर आदत बदली तापक्रम अनुसार यो जुलाईदेखि अक्टुबरसम्म फुल्ने गर्दछ, तर आजभोलिका हाइब्रिड त बाह्रैमासे भइसकेका छन् । विभिन्न रंग, आकार र प्रकार मा समेत हुने हुदा यसको मिक्स तवरले खेति गर्दा अझ सुन्दरता थपिने हुन्छ्र ।