मस्जित मदर्शा मुस्लिम सेवा समाज अत्तरियाले रमजान पर्व को अबसर पर्व पारेर शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।
गोदावरी - १ मा रहेको मस्जिदमा आइतबार समाज ले शुभकामना कार्यक्रम आयोजना गरेको हो ।
समाजका अध्यक्ष मोहबद नैमुद्दिन भाट को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँ रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुस्लिम समुदाय को रमजान पर्बमा अन्य धर्मावलम्बीहरुको बाक्लो उपस्थिति देखेर खुशी लागेको बताए ।
उनले अन्य प्रदेश को तुलनामा सुदुरपश्चिमका सबै धर्म समुदाय असाध्यै मिलेर बसेको देख्दा खुशी लागेको समेत बताए ।
कार्यक्रमका बिशिस्ट अतिथि प्रदेश सांसद तुलसी देबकोटा, गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट , पुर्बमन्त्री कृष्णराज सुवेदीले रमजान को शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा मुस्लिम समुदायका अगुवा का साथै अत्तरिया क्षेत्रका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु को सहभागीता रहेको थियो । रमजान इस्लाम धर्मावलम्बीहरूको महत्त्वपूर्ण चाड हो ।
रमजान महिना मुसलमानका लागि शुभ-लाभको महिना हो । रमजान महिनालाई कुरानले धेरै ठूलो स्थान दिएको छ । एक महिनासम्म मनाइने यो चाडमा सात वर्षदेखिका सबै व्यक्ति अनिवार्य रोजा (उपवास) बस्नुपर्ने हुन्छ ।
मुसलमानहरूको पाँच महत्त्वपूर्ण कार्य रोजा, नमाज, हज, जकात र फित्तरा नियामानुसार गर्नुपर्ने तथा तिर्नुपर्ने भए पनि हजबाहेक सबै कार्य रमजान महिनामा प्राप्त गर्ने अवसर पाउने भएकाले पनि यो महिनालाई मुसलमानहरूले महत्त्वपूर्ण महिनाका रूपमा लिने गरेका छन् ।