कैलालीको गोदावरी नगरपालिका–५ स्थित विश्वज्योति महिला सहकारी संस्थाको २१औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रम गरेर संस्थाले साधारण सभा सम्पन्न गरेको हो ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य तुलसी देवकोटाले सभामा प्रमुख अतिथी थिइन् । संस्थाकी अध्यक्ष खिमा देवी ओझाको सभापतित्वमा सम्पन्न २१औं बार्षिक साधारण सभा कार्यक्रममा जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष फणि सापकोटा, संस्थाका कानूनी सल्लाहकार बिरबहादुर जेठारा, गोदावरी नगरपालिकाकी पर्व उप प्रमुख रत्ना कठायत लगायत व्यक्ति विषिष्ट अतिथी रहेका थिए ।
संस्थाका सचिव लक्ष्मी भट्टले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष वेलु पार्कीले स्वागत मन्तव्य व्यक्त गरेकिथिइन् । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा ज्येष्ठ नागरिक, उत्कृष्ट बाल बचतकर्ता, शेयर वृद्धिकर्ता, गत वर्षको उत्कृष्ट मासिक बचत कर्ता, उत्कृष्ट ऋणी तथा विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने अभियान्ताहरुलाई सम्मानित गरिएको थियो ।
साढे ८ करोड बढी कारोबार
विश्वज्योति महिला सहकारी संस्था लिमिटेडले गत आर्थिक बर्षमा ८ करोड भन्दा बढीको कारोबार गर्न सफल भएको छ । संस्थाको साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन अनुसार गत आर्थिक बर्षमा संस्थाले ८ करोड ८० लाख ७४ हजार ८ सय २० रुपैया कारोवार गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ मा संस्थाको कारोबार ८ करोड ४८ लाख १६ हजार ८६५ रहेको थियो । सहकारीले उक्त आर्थिक कारोबारवाट आर्थिक वर्ष २०७९÷०८० मा ११ लाख ९६ हजार २६२ रुपैया नाफा आर्जन गर्न सफल भएको छ ।
२०५८ सालमा ८० जना शेयरसदस्यको ३५ हजार शेयरपुँजीबाट सुरु भएको सहकारीले हाल वृहत रुप लिएको छ । सहकारीमा आर्थिक वर्ष २०७९÷०८० को मसान्तसम्म एक हजार ९५ जना शेयरसदस्यहरु रहेका छन भने १ करोड ४५ लाख १४ हजार ९६० रुपैया शेयरपुँजी रहेको छ । सहकारीले उक्त आर्थिक वर्षमा ५करोड ७८ लाख ६५ हजार ७२६ रुपैया निक्षेप संकलन गरेको छ । उक्त अवधीसम्म सहकारीले ६ करोड ८९ लाख ७२ हजार ५१ रुपैया कर्जा प्रवाह गरेको छ ।