नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले आफुले सरकार को नेतृत्व गर्दा देशै भर ठुला परियोजना एकै साथ शुरु गरेको बताएका छन् ।
एमाले डडेलधुरा जिल्ला को ९ औं अदिबेशन को पर्शुराममा उदघाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।
" मैले नेतृत्व गरेको सरकार को पालामा उत्पादन वृद्धिदर ७ प्रतिशत माथी पुगेको थियो । तर त्यसपछि निरन्तर अर्ततन्त्र ओरालो लाग्यो । सेती लोकमार्ग , माहाकाली करिडोर, मदनभन्डारी मध्य पहाडी लोकमार्ग ,३ सय ९६ अस्पताल , सबैपालिकामा औधोगिक ग्रामहरु लगाएत का धेरै कार्यहरू शुरु गरेका थियौ । शेर बहादुर देउबा जि मेरो पुरानो मित्र हुन । उहाँकै गाउँपालिका गन्यापधुरामा पनि ३९६ अस्पताल मध्य को एउटा अस्पताल घोषणा गरेको थिए । तर उहाँ ले मान्नु भएन । अब गन्यापधुरामा पनि अस्पताल बनाउँछु । अब उहाँ ले पनि सुन्नु हुन्छ । यहाँका जनता ले राखेका माग ज्ञापनपत्र मा आएका छन् । म ती काम अब पुरा गर्छु," अध्यक्ष ओलीले भने ।"
उनले पर्शुराम धाम को एतिहासिक महत्व रहेको बताए । अध्यक्ष ओलेले किसान नेता भिमदत्त पन्त को हत्या कांग्रेस कै अगुवाईमा भएको समेत दाबी गरे ।
उनले देश बिकास को लागि सरकार को मात्रै मुख ताक्न नहुने जनता आफैले उत्पादन संग जोडिनुपर्ने बताए।
अध्यक्ष ओलीले भने ,"म अब नेता कार्यकर्ता ,स्थानीय जनप्रतिनिधि साथीहरूलाई भन्न चाहान्छु अब तपाईंहरुले जनतालाई बाटो देखाउनुपर्छ । कृषिमा कसरी आधुनिकीकरण , कसरी बजार सम्म पुर्याउने त्यो कुरामा सबैले ध्यान दिनुपर्दछ ।"
उनले राजतन्त्र अब फर्किने नसक्ने बताए ।" यहाँ भिमदत पन्त को पालादेखी , दसरथ चन्द को पालादेखी नै अन्याय अत्याचार का बिरुद्ध जनताले लडेका हुन," राजतन्त्र फर्काउने कुरा तर्फ इंगित गर्दै ओली ले भने," सुदुरपश्चिमका जनताले सामन्ती सोचलाई कहिले साथ दिएनन् ।"
अध्यक्ष ओली ले शेर बहादुर देउवा ले पैसा बांडेर चुनाव जित्ने गरेको आरोप लगाए ।
"देउवा जि खुल्या आम पैसा बाँडछन । त्यो टेलिभिजनमा लाइभ देखिएको छ । उनको जित्ने तरिका त्यही हो । मैले एउटै मन्च शेयर गरेको बेला देउवा जि लाई सोधेको थिए ५-५ पल्ट प्रधानमन्त्री हुनु भयो देशको लागि के गर्नु भयो भन्दा उहाँले भन्नू सक्नु भएन । म त ५ पटक प्रधानमन्त्री भएको छैन तर म कुनै रेकर्ड नहेरी यो यो काम गरेर भनिदिन सक्छु," अध्यक्ष ओलीले अघिल्लो चुनावलाई लक्षित गर्दै भने ," अर्को एउटा बाबू सागर भन्ने आका थिए । उनलाई समर्थन गर्ने मिस पबि मात्रै थिइन् । त्यो बेला एमाले ले समर्थन मात्रै गरेको थियो । उम्मेदवारि दिएको थिएन । तर अब को निर्बाचनमा एमाले उम्मेदवार उठाउँछ र चुनाब जित्छ ।"
अध्यक्ष ओलीले जिल्ला को नेतृत्व चयन गर्दा सर्ब सम्मत तवर ले गर्न आग्रह समेत गरे।