अत्तरिया – कैलालीको गोदावरीमा प्रथम इन्डो – नेपाल कराँते प्रतियोगिता सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुलनाराका साथ राष्ट्रिय गोजुरियो कराँते दो संघ कैलालीको आयोजनामा तथा गोदावरी नगरपालिकाको सहयोगमा प्रतियोगिता सुरु भएको हो । प्रतियोयोगीताको शुक्रबार एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिं साउँदले सयपत्रि फूलको बोटमा पानी हालेर उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख साउँदले गोदावरी नगरपालिका खेलकुदको विकासको लागि सधै तत्पर रहेको बताउनुभयो । उहाँले गोदावरी नगरपालिका गोदावरी क्षेत्रको खेलकुदको बिकासका लागि अभिभावकत्व लिन तयार रहेको बताउनुभयो । ‘भैतिक विकास संगै खेलकुदको बिकास पनि अति आवश्यक छ । खेलकुदले भविश्यक कर्णधार युवा स्वस्थ्य हुने छन ।’ नगरप्रमुख साउँदले भन्नुभयो –‘भोलीका कर्णधार युवामा नैतिक शिक्षाको विकास गर्नका लागि पनि खेलकुदले धेरै मदत गर्दछ ।’ उहाँले खेलकुद नियमबद्ध रुपमा खेलिने भएकाले खेलकुदले नैतकवान बनाउने बताउनुभयो ।
कार्यक्रममा बोल्दै गोदावरी नगरापालिकाकी उपप्रमुख रत्ना कडायतले प्रतियोगीताले गोदावरी क्षेत्रको पहिचान बढाउन महत्तपुर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले गोजुरियो कराँत जस्ता रक्षात्मक खेलमा महिलाहरुको सहभागीता बढाउनु पर्ने बताउँनुभयो । गोदावरी नगरपालिकाकाले आगामी दिनमा महिलाहरुका लागि आत्मरक्षा तालिमको आयोजना गर्न नगरपालिकाले योजना बनाईरहेका नगर उपप्रमुख कडायतले बताउनुभयो ।
कार्यक्रमको समापनमा बोल्दै राष्ट्रिय गोजुरियो कराँते दो संघ कैलालीका अध्यक्ष धनन्जय कठायतले नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन सहयोग पु¥याउने उद्देश्यले प्रतियोगीताको आयोजना गर्न लागिएको बताउनुभयो ।
‘खेलकुदका माद्यमबाट राष्ट्रप्रति जिम्मेबारी बोध गराउँदै राष्ट्रिय एकताको भावना सिर्जना गर्ने र सुदूरपश्चिम प्रदेशलाई राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा चिनाउनका लागि प्रतियोगिताको आयोजना गरिएको हो ।’ राष्ट्रिय गोजुरियो कराँते दो संघ कैलालीका अध्यक्ष कठायतले भन्नुभयो – ‘प्रतियोगीताले सुदूरपश्चिम प्रदेशको कराँते र कराँतेका खेलाडीहरुको स्तरवृद्धि गरी व्यवसायीकरण गर्ने लक्ष राखेको छ ।’
कार्यक्रममा राष्ट्रिय गोजुरियो कराँते दो संघका महासचिव प्रकाश कुमार चन्द , राष्ट्रिय गोजुरियो कराँते दो संघ सुदूरपश्चिममा प्रमुख बिमल खडायत , गोदावरी नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष भिम बहादुर खड्का लगायतले मन्त्यव्य राख्नुभएको थियो ।
खेल संयोजक कुवेर खड्काले स्वागत मन्तव्य राख्नुभएको प्रतियोगिताको सञ्चालन गणेश सिंह ऐरीले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा गोजुरीयो कराते प्रतियोगीतामा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा मेडल प्राप्त गर्ने खेलाडीलाई सम्मान समेत गरिएको थियो । साथै गोदावरी नगरपालिकाका जनप्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
गोदावरी नगरपालिका ३ मा रहेको नवज्योती आधारभुत बिद्यालयमा सञ्चालन भईरहेको प्रतियोगीता सनिबार सकिने आयोजकले जनाएको छ । प्रतियोगिमा नेपाल र भारतका गरी ५०० खेलाडीको सहभागीता रहेको छ । संघले प्रत्येक बर्ष आयोजना गर्दै आईरहेको अन्तराष्ट्रिय प्रतियोगिता यस बर्ष गोदावरी नगरपालिकामा पहिलो पटक आयोजना गरिएको हो ।