अत्तरिया उद्योग वाणिज्य संघको चुनावका लागि मात्रै व्यवसायीक फर्म दर्ता गरिएको खुलेको छ ।
गत भदौ २३ गते सम्पन्न भएको अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष कल्याणसिंह बोहरा प्यानलले चुनावी प्रयोजनाका लािग मात्रै व्यवसायीक फर्म दर्ता गर्न लगाएको खुलेको हो ।
केही दिन यता अत्तरियाका ब्यवसायीहरु बिच सामाजिक सन्जालमा फेसबुक मेसेन्जरमा शेयरिङ भैरहेको एक भिडियो अन्ततः सोमबार सामाजिक सन्जालमै सार्बजनिक भएको छ ।
दर्ता र बन्द गर्दाको सम्पुर्ण खर्च आफुले व्यहोर्ने भनेर चुनावको समयमा फर्म दर्ता गर्न लगाएको तर चुनाव जितेपछी बाचा पुरा नगरेपछी संघकी सदस्य यसोदा भट्ट चोखाल र अध्यक्ष बोहराबिचको वादविवादको भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ ।
फर्म दर्ता गर्ने र चुनाव सम्पन्न भएपछी फर्म बन्द गर्ने र उत्त खर्च बोहराले आफुले व्यहर्छु भनेर सहमति दिएको तर अहिले भने बमोजिम नगरेको र फर्मधनीले आफुलाई सताईरहेको यसोदा भट्ट चोखालले भिडियोमा भनिरहेकी छिन् ।
भट्ट ले सोही आशयको स्ट्याट्स पनि फेसबुकमा पटकपटक हालिसकेकी छन् ।
चुनावको समयमा बोहरा प्यानललाई समर्थन गरेकी चोखाललाई पछी समितिले कार्यसमिति सदस्यमा मनोनित गरेको थियो ।
चुनावको समयमा वर्तमान अध्यक्ष बोहरा र कमल कडायतबिच प्रतिष्पर्धा हुने चर्चा चलेको थियो । दुबै पक्षले आफ्नै खर्चमा फर्म दर्ता गराउन विभिन्न वडामा प्रतिस्पर्धा नै गरेका थिए ।
तर अन्तिम समयमा कमल कडायत पछी हटेपछी चुनावी समिकरण बदलिएको थियो । अत्तरिया उद्योग वाणिज्य संघमा हाल एक हजार पाँच सय ६३ सदस्य छन् ।
यो संगै हाल को कार्य समिति माथी पनि प्रश्न उठेको छ । नक्कली फर्महरु खडा गरेर हाल को कार्य समिति निर्बाचित भएको भन्दै केही ब्यबसायीहरुले यो कार्य समिति को राजीनामा माग गरेका छन् ।