गत पुस- माघ महिनामा कैलालीको अत्तरिया उधोग बाणिज्य संघले आयोजना गरेको प्रादेशिक महोत्सवमा नक्कली टिकट ठेली भेटिए ।
झन्डै २५ बढी नक्कली ठेली संस्था कै महासचिव शंकर खड्काले नियन्त्रणमा लिए । त्यसपछि यो प्रकरणले निकै चर्चा पायो । संघले नै छानबिन को माग गर्दै प्रशासनमा उजुरी दियो । प्रहरीले अनुसन्धान थाल्यो ।
प्रारम्भिक अनुसन्धान पछि प्रहरीले किटान दिन संघलाई भन्यो । संघका अध्यक्ष कल्याण सिँ बोहरा, बरिस्ठ उपाध्यक्ष दल बहादुर खड्का सहितका पदाधिकारी ले पहिलो दिन संघका सचीव दिलिप कुमार साउँद "दिपिन" र टिकट को जिम्मा लिएको दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसका स्वबियु सभापति भुबन महरा को नाममा किटानी दियो ।
त्यसपछि अर्को दिन राजनीतिक दबाबमा परेर संघका अध्यक्ष कल्याण सिँ बोहरा सहित अन्य केही सदस्य ले संघका महासचिव शंकर खड्का र सदस्य बमबहादुर बोगटी को नाममा किटानी दिए ।
प्रहरीले चारै जना को नाममा पक्राउ पुर्जी जारी गरेपछि उनिहरु सबै प्रहरी कार्यालय कैलाली समक्ष एकै दिन स्वेच्छिक हिरासतमा गए । झन्डै २० दिन सम्म प्रहरीले उनिहरु माथी हिरासत मै राखेर बयान लिएको थियो ।
त्यसपछि चारै जनालाई जिम्मा मा पछि बोलाउने गरि छोडिएको हो । प्रहरी अनुसन्धानमा संघका अध्यक्ष कल्याण सिँ बोहरा र निबर्तमान अध्यक्ष असोकराज देबकोटालाई पनि बोलाउनु पर्ने निष्कर्ष प्रहरीले निकाल्यो ।
त्यसपछि उनिहरुको नाममा पनि पक्राउ पुर्जी जारी भयो । उनिहरु झन्डै एक महिना देखि फरार छन् । अब भने उनिहरु प्रहरी समक्ष जान खोजिरहेका छन् ।
आज भोलि मै उनिहरु अनुसन्धानलाई सघाउन प्रहरी समक्ष स्वैच्छिक गिरफ्तारीमा जान सक्ने स्रोत को दाबी छ । प्रहरीलेले उनिहरु नआए सम्म फाइल सरकारी वकिल को कार्यालय सम्म नपठाउने भएको छ ।
प्रहरी स्रोतले भन्यो ," फरार कहिले सम्म रहन, फरार ब्यक्ति नाअए सम्म त अनुसन्धान नै अगाडि बढदैन ।उहाँहरु गलत सल्लाह मा छन् जस्तो लाग्छ । फाइल अगाडि बढाउन फरार ब्यक्ति आउनै पर्छ । "
महोत्सवमा नक्कली ठेली प्रयोग गरेर आर्थिक अनियमितता गरेको भन्दै संघ ले २० लाख बढि बिगो दाबी सहित मुद्दा हालेको छ ।