कैलालीको गोदावरी -२ तेघरीमा रहेको जनकल्याण इङलिस स्कुल ले आज सोमबार रजत जयन्ती मनाएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि बिधालय ले रजत जयन्ती संगै बार्षोकोत्सब अभिभावक दिबस पनि मनाएको छ ।
बिधालयका प्रमुख योगेन्द्र हमाल को सभापतित्वमा भएको कार्यक्रममा सुदुरपश्चिम प्रदेशका प्रमुख देबराज जोशी को प्रमुख आतिथी रहेका थिए । कार्यक्रम मा बिशिस्ट अतिथि प्रदेश सांसद खेमा देबि बिष्ट रहेकी थिइन् ।
यस्तै कार्यक्रममा शसस्त्र प्रहरी बरिस्ठ उपरीक्षक निरकृष्ण अधिकारी , प्याबसन का केन्द्रिय उपाध्यक्ष जगबिर थापा, क्यान का सुदुरपश्चिम सभापति धिरेन बोगटी लगाएत विभिन्न संघ संस्थाका प्रमुखहरु को सहभागीता रहेको थियो । २०५४ सालमा ३२ जना बिद्यार्थी बाट शुरु भएको उक्त बिधालयमा हाल ५ सय बढी बिद्यार्थी रहेका छन् ।
रजत जयन्ती को अबसरमा बिधालय ले स्मारिका समेत बिमोचन गरेको छ । कार्यक्रममा बिधालयका अतिरिक्त क्रियाकलापमा सहभागी बिद्यार्थीहरुलाई पुरुष्कार समेत दिइएको छ ।
विभिन्न क्षेत्रका ब्यक्तिहरु सम्मानित
बिधालयले रजत जयन्ती को अबसर पारेर समाज को विभिन्न क्षेत्रमा कृयाशिल ब्यक्तिहरुलाई सम्मान समेत गरेको छ ।
यसरी सम्मानित हुनेहरुमा ऐश्वर्य बहुमुखी क्याम्पस प्रमुख धर्मदेब भट्ट , सुदुरपश्चिम प्राज्ञ प्रतिष्ठानका उपकुलपति डा .टिएन जोशी, प्रतिभा सामुदायिक पुस्तकालयका संस्थापक कृष्ण पनेरु बन्चित, बरिस्ठ सायित्यकार निर्मल कुमार भन्डारी, पदमा अस्पताल का प्रबन्ध निर्देशक डा .नर बहादुर मौनी, अत्तरिया अस्पताल का प्रमुख डा .आनन्द पाठक , महिला तथा बालबालिका सेभ हाउस कि संचालिका जानकी मलासी, गोदावरी एफ एम का प्रबन्ध निर्देशक गोबिन्द रोस्यारा, युबा नेता लोकराज पाण्डे आगो लगाएतका रहेका छन् ।
यस्तै बिधालयको योगदान पुर्याउने शिक्षक, अभिभावक पुर्ब बिद्यार्थी लगाएतलाई पनि सम्मान गरेको छ ।