नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अलोकतान्त्रिक र अवाञ्छित ढंगले खडा गरिएको कांग्रेस नेतृत्वको गठबन्धन टुटन् कुरा सकारात्मक भएको बताएका छन् ।
उनले नयाँ गठबन्धनमा मन्त्रालय भागबण्डामा एमालेले के गरेको छ ? भन्ने कुरा महत्वपूर्ण नहुने बताए ।
प्रेस चौतारी नेपाल कैलालीले आइतबार धनगढी विमानस्थलमा गरेका पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले अहिलेको गठबन्धन विधिसम्मत र सकारात्मक हिसाबले गठन भएको समेत बताए ।
‘विगतमा कायम गरिएको गठबन्धन लोकतान्त्रिक र विधिसम्मत थिएन । त्यो सँग कुनै निश्चित कार्यक्रम र उद्देश्य पनि थिएन मात्र एमालेलाई सिध्याउने योजनाबाट निर्देशित थियो,’ पोखरेलले भने, ‘आवाञ्छित ढंगले खडा गरिएको गठबन्धन टुट्न सकारात्मक कुरा हो । सरकारमा कुन र कति मन्त्रालय पाउँछौँ भन्ने कुरा महत्वपूर्ण होइन ।’
एमालेले विधिसम्मत नभएको गठबन्धन टुट्नुपर्छ भन्ने दृष्टिकोण पहिल्यैदेखि सार्वजनिक गर्दै आएकोमा अहिले विधिवत रुपले भत्किएर नयाँ ढंगले राजनिती अघि बढेको सुनाए ।
अहिलेको नयाँ गठबन्धन सकारात्मक ढंगले अघि बढेका काण अगामी २०८४ को निर्वाचनसम्मै कायम रहने पोखरेलको दाबी थियो ।
संरचनागत ढंगले अघि बढ्ने क्रममा भविष्यमा यस्तै अवस्था भए बामपन्थी एकताको कुरा पनि हुनसक्ने भएपनि अहिले नै त्यो बारेमा नसोचेका उनी बताउँछन् ।
यही नयाँ गठबन्धनले सकारात्मक ढंगले अगाडी बढाउनुपर्छ भनेर लागेका छौँ । आवाच्छित ढंगले खडा गरिएको गठबन्धन टुट्न सकारात्मक कुरा हो । सरकारमा कुन र कति मन्त्रालय पाउँछौँ भन्ने कुरा महत्वपूर्ण होइन ।
‘१० पुस २०७९ मा बनेको अहिलेकै गठबन्धन दुर्भाग्यबस टुटेको थियो । तर अहिले हामी फेरी त्यही ठाउँमा पुगेका छौँ । मुलुकलाई सकारात्मक दिशातर्फ लैजान पहल सुरु भएको छ,’पोखरेलले भने ।
सुदूरपश्चिमसहितका केही प्रदेशमा नयाँ गठबन्धनसँग सरकार गठन गर्न बहुमत नरहेको प्रसंगमा पोखरेलले सबै पक्षसँग संवाद भइरहेको बताए ।
सुदूरपश्चिममा नाउपालाई सकारात्मक पहल प्रयत्नमा सहभागी बन्नुहोस् भनेर आग्रह गरेको बताउँदै पोखरेलले छलफल जारी रहेको उल्लेख गरेका छन् ।