महाशिबरात्री को अबसर मा कैलालीको अत्तरिया मा रहेको ब्रहमाकुमारी ईस्वरिय बिश्वबिधालय ले शिबध्वजारोहण एबम स्नेह मिलन कार्यक्रम गरिएको छ । बिगतका बर्ष झै यो बर्ष पनि मिलन कार्यक्रम गरिएको शाखाकी प्रमुख ब्रहकुमारी रबिनाले बताइन् ।
कार्यक्रममा प्रदेश सभाका सांसद तुलसी देबकोटा प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ट अतिथि सांसद गिता चौधरी रहेकी थिइन् । कार्यक्रमम पुर्ब सांसद कृष्णराज सुबेदी, चुनुकुमारी चौधरी , गोदावरी नगरपालिकाका प्रबक्ता गोपाल भट्ट , लगाएत विभिन्न संघ संस्थाका प्रमुखहरुको सहभागीता रहेको थियी ।
कार्यक्रममा सहभागीहरु ले शिव को महिमा को बारेमा चर्चा गरेका थिए ।
रबिना का दु:ख..
ब्रहमाकुमारी ईस्वरिय बिश्वबिधालयका अत्तरिया मा दुइटा आश्रम रहेका छन् । एउटा गोदावरी -१ मनेहरामा रहेको छ भने अर्को अत्तरिया बजार नजिकै दुर्गा मन्दिर संगै रहेको छ । बजार नजिक रहेको आस्रम दुर्गा मन्दिर को जग्गामा छ । जुन आश्रम को लागि पर्याप्त छैन । आश्रममा बेला बेलामा अध्यात्मिक कार्यक्रम हुने गर्दछन भने नियमित दैनिक कार्यक्रम पनि हुने गर्दछन् ।
आश्रम संचालिका ब्रह्मकुमारी रबिनाको चाहना भने अत्तरिया आश्रमलाई प्रदेश कै नमुना बनाउने छ । तर जग्गा को अभाव छ । सोचेजस्तो ठाउँ नहुँदा पार्क , ध्यान केन्द्र र अन्य पर्यटकीय आकर्षणका संरचना बनाउन नसकिएको उनी बेला बेलामा गुनासो गर्छिन् । अहिले आश्रम संग एउटा घर मात्रै छ भने आश्रम जाने बाटो पनि पर्याप्त छैन ।
संचालिका रबिनाले भनिन्,' कम्तीमा हामिलाई एउटा स्कुटी पार्किङ गर्ने ठाउँ त दिनुस् , यो पनि तपाईंहरुकै सम्पत्ति हो । अब हामीले तपाईंलाई नभनेर कसलाई भन्ने हो । घर परिवार छोडेर बाबाको आश्रममा बसेका छौं । त्यसैले सबै मिलेर हामिलाई ठाउँ दिनुहोस् ।,' रबिना यतिमा मात्रै रोकिनन् र भनिन्,'२०७४ देखि जन प्रतिनिधि बने तर आश्वासन मात्रै पायौं । अहिलेसम्म हाम्रो ब्यबस्थापन भएको छैन।'
कार्यक्रममा बिषय उठान भएपछि राजनीतिक रोचक घोचक नै चल्यो । कार्यक्रममा सहभागी पुर्ब सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदीले पनि आफुले केही गर्न खोज्दा सुबेदीको को बजेट चाहिएन भनेर त्यो बेला रोक्न खोजेको गुनासो गरे । उनले ओम शान्ति आश्रम नजिकै चिल्ड्रेन पार्क बनाउन पटक पटक बजेट आफुले बिनियोजन गरेको बताए ।
कार्यक्रममा सहभागी एमाले नेता गोकर्ण भट्ट ले आश्रम मा बेला बेला हुने आध्यात्मिक कार्यक्रम ले राजनीतिक रूपमा फरक फरक बिचार बोक्ने ब्यक्तिहरुलाई एकै ठाउँमा राखेर जोडने कार्य गरेको बताए । उनले आश्रम को ब्यबस्थापन को लागि नगरपालिकाले छिट्टै सर्बपक्षिय छलफल गरेर निकास दिनुपर्ने सुझाव दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका प्रबक्ता गोपाल दत्त भट्ट ले आश्रमको लागि २० लाख छुट्याएको जिकिर गरे । उनले भने,' आश्रम को लागि आबश्यक बजेट छुट्याएका छौँ तर काम कसरी गर्ने , हामी संग जग्गा जमिन छैन । सार्बजनिक जग्गा सेना, प्रहरी र बनले लिएको छ त्यसैले संघ संस्था बनाउन वा सहयोग गर्न गार्हो भएको छ ।'
यद्यपि उनले ओम शान्ति संरचना र ठाउँ को लागि छिट्टै छलफल गर्ने बताए।कार्यक्रम कि प्रमुख अतिथि तुलसी देबकोटाले पनि ओम शान्ति आश्रमको ब्यबस्थापकिय पक्षमा आफुले पनि ध्यान दिने बताइन् । उनले उचित ठाउँ आश्रम को लागि भए बजेट छुट्याउनु सहज हुने बताइन् ।
अन्त्यमा रबिनाले पुनः वडा अध्यक्ष गोपाल भट्ट र एमाले नेता गोकर्ण भट्टलाई इकिंत गर्दै भनिन् ,' यहाँ सबै भट्ट नै भट्ट छन् । भट्ट दाजुहरुले चाहे के हुँदैन । यति त गरिदिनुस् ।'