कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेशभरका ८८ ओटै स्थानिय सरकारका प्रमुखहरुको सहभागितामा स्थानीय सरकार सञ्चालन र नेतृत्व विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज देखि धनगढीमा संचालनमा रहेको छ ।
सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुन्ना, डोटीद्वारा स्थानीय सरकार सञ्चालन र नेतृत्व विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रममा नेतृत्व विकास तालिमको माध्यमबाट स्थानीय सरकार संचालन र व्यवस्थापनमा सहजता ल्याई प्रभावकारी सेवा प्रबाह, विकास, जवाफदेहिता र सुशासन मार्फत नागरिकहरूलाई सन्तुष्टि पार्नु यस नेतृत्व विकास तालिमको उद्देश्य रहेको छ ।
नेपाल नगरपालिका संघ, सुदूरपश्चिम प्रदेश समितिका संयोजक तथा गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्टको अध्यक्षता संचालित अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री कमल बहादुर शाहको प्रमुख आतिथ्यमा स्थानिय सरकार सञ्चालन र नेतृत्व विकास सम्बन्धि अन्तरक्रिया कार्यक्रम पानसमा दियो बालि कार्यक्रमको संचालन भएको हो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री, प्रदेश सांसद , प्रमुख प्रतिपक्षी दलका नेता, जिल्ला समन्वय समिति महासंघ, सुदूरपश्चिम प्रदेश समितिका संयोजक, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त माननीय जय बहादुर चन्द, महालेखापरीक्षकको कार्यालय परीक्षक पदम राज पौडेल, प्रदेश मन्त्रालयका सचिव, विज्ञ सहजकर्ता, सुरक्षाकर्मी, नागरिक समाजका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य बारे मन्तव्य सुदुरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक गेहेन्द्र बमज्यूले नगेका हुन भने शुभकामना मन्तव्य स्थानीय सरकारको क्षमता विकासमा नगरपालिका संघ तथा गाउँपालिका रष्ट्रिय महासंघ सुदूरपश्चिम प्रदेश समिति र सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान बीच भएको समझदारी प्रयास सहित मन्तव्य गाउँपालिका राष्ट्रिय महासंघ सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष लोकेन्द्र बहादुर शाहीले गरेका थिए ।