कैलालीको धनगढी स्थित छ लेन सडक स्ट्रिट लाइटले झिलिमिली बनेको छ ।
धनगढी उपमहानगरपालिकाको कार्यालयले ३१ लाख रुपियाँ खर्चेर छ लेन सडकमा स्ट्रिट लाइट जडान गरेको हो ।
लाइटका कारण रात्रिकालीन समयमा छ लेन सडक अझ सुन्दर देखिएको छ ।
सडकको २६५ पोल र १४० त्रि गार्डमा स्ट्रिट लाइट जडान भएको उपप्रमुख कन्दकला रानाले बताए ।
यसै गरी, त्रिनगर भन्सार गेटमा तीन लाख रुपियाँ लागतमा फ्लड लाइट पनि जडान गरिएको छ ।
त्यस्तै, धनगढी विमानस्थलदेखि छ लेन सडकसम्म १० लाख रुपियाँ लागतमा सडक बत्ती जडान गरिएको छ ।
१० लाख रुपियाँ लगानीमा सडक बत्ती जडान गरिएको उपप्रमुख रानाले जानकारी दिए ।
स्ट्रिट लाइट र सडक बत्तीको हिजाे साँझ सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले उद्घाटन गरे ।
सो क्रममा उनले धनगढीको विकासमा तीन तहकै सरकारको सहकार्यमा विकास निर्माण भइरहेको बताए ।
प्रदेशको एक मात्र उपमहानगरपालिकालाई नमुना सहर बनाउन तीनै तहका सरकारले मिलेर काम गर्ने मन्त्री देउवाको भनाइ थियो ।