नेकपा एमाले को ९ औं अधिबेशन सकिएको छ । अधिबेशन ले नयाँ नेतृत्व चयन गरेको छ । त्रिपक्षिय निर्बाचनमा यज्ञ ढुगांना अध्यक्ष मा निर्बाचित भएका छन् ।
अध्यक्षका अरु दुई उम्मेदवार डेजी पाण्डे र दुर्गा जोशी पराजित भएका छन् । सबै पालिका सम्म तिनै पक्ष को टिम भएपनी गोदावरीमा भने रोचक नतिजा आएको छ ।
भूगोल तर्फका अधिकांश उम्मेदवार डेजी र ढुंगाना दुवै टिममा थिए । जसले गर्दा उनिहरुलाई जित निकाल्न सहज पनि भयो ।
अझै गोदावरी भूगोल मा गम मिजार को नाम त तिनै वटै टिम को लिष्ट मा थियो । यस्तै जीवन शाह , नैन सिँ कार्की, राम दत्त भन्डारी र पुष्कर भण्डारी को नाम दुइटै टिम को लिष्ट मा प्रचार गरिएको थियो ।
यस्तै भूगोल युबा सदस्यमा लोकेन्द्र धामी र गणेश महरा पनि डेजि र ढुगांना टिम मा प्रचार गरिएका थिए ।
महिलामा पनि निर्बाचित अधिकांस दुबै टिममा थिए । तर अध्यक्ष मा निकै कम मत ल्याएका दुर्गा जोशी टिमका ३ जना उम्मेदवारले भने जित निकालेका छन् ।
एमाले गोदावरी मा छोटो समयमा लोक प्रिय बनेका गणेश जिमि साउँद र पुर्ब मेयर हरि सिँ साउद का स्वकीय सचिव एबम एमाले का युवा नेता योगेन्द्र सिंह जिल्ला कमिटी सदस्य मा निर्बाचित भएका छन् ।
साउँद लोकप्रिय मत पाएर निर्बाचित भएका छन् भने सिंह झिनो मत ले बिजेता बनेका छन् । यस्तै महिला तर्फ खिमा देबि साउँद पनि जोशी टिमबाट नै बिजेता बनेकी छन् ।