राष्ट्रिय स्वतन्त्र पार्टी सुदुरपश्चिम प्रदेश ले अत्तरिया महोत्सव नक्कली ठेली प्रकरण को छानबिन को माग गरेको छ ।
उक्त पार्टीले कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र लाई बिहिवार ज्ञापन पत्र समेत बुझाएको छ ।
यस्तो छ ज्ञापन पत्र:
श्रीमान प्रमुख जिल्ला अधिकारी ज्यू जिल्ला प्रशासन कार्यलय धनगढी कैलाली
मिती:२०८०/११/०६
ज्ञापन पत्र सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा अत्तरिया उद्योग बाणिज्य संघ अत्तरिया कैलालीको कार्यसमितिबाट विधिवत निर्णय गरी मिति २०८०/०९/२६ गते देखि २०८०/१०/०७ गते सम्म आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सव २०५० को लागी कार्यसमितिको निर्णय अनुसार उक्त महोत्सवमा प्रयोग गर्ने गरी १ लाख दश हजार मात्र टीकट ठेली छपाई गरी महत्वसमा कार्यन्वयन भएकोमा मिति २०८०/१०/०४ गतेका दिन कार्यसमितिबाट टिकट विक्रि काउन्टरमा छड्के चेक जाच गर्दा नक्कली टिकट समेत २८ थान ठेली फेला परेकाले यो नक्कली काम कसले कसबाट किन र कसको निर्देशनमा गरेको हो ?
दोषी नउम्कीयोस निर्दोश नफसोस भन्ने उद्देश्यका साब सत्य तथ्य पत्ता लगाई छिटो भन्दा छिटो आवश्यक कानुनी कार्वाही गर्नु अत्यन्त आवस्यक रहेकाले यो ज्ञापन पत्र पेश गरियको छ।
उक्त घटनाको छानविनका लागि निवेदन परिसकेको र जिल्ला प्रशासनवाट खटाइएका कर्मचारी टोलीले छानविनका लागि कागजात लगेको तर के परिणाम आयो भन्ने जानकारी हाल सम्म नआएकाले उक्त महोत्वसको असफलता, वदनाम गर्ने र निजी स्वार्थ पुरा गर्ने कार्य हुनसक्ने आशंकालाई मध्यनजर गर्दै निम्न बुदामा ध्यान दिइ सत्य तथ्य छानविनका लागि यो ज्ञापन पत्र पेश गरिएको छ ।
१) सार्वजनिक संस्थालाई मोहरा बनायर आफ्नो निजी स्वार्थ पुरा गर्ने जो कोही पदाधिकारी भए पनि कार्बाहीको लागि जिम्मेवारी हुनुपर्ने ।
२) अत्तरिया उद्योग वाणिज्य संघको २०८०/०९/२६ देखी २०८०/१०/०७ सम्म संचालनमा आएको सुदुरपश्चिम प्रादेशिक महोत्सव २०८० को नक्कली ठेली छानविन गरी दोषी पत्ता लगाई कानुन बोजिम छिटो भन्दा छिटो कार्वाही गरी सत्य तथ्य बाहिर ल्याउनु पर्ने ।
३) यस प्रकरणमा कुनै पनि शक्ति केन्द्रको प्रभावमा परि छानविन ओझेलमा पर्ने वातावरण शृजना हुनेछैन भन्ने पुर्ण विश्वास यसै ज्ञापन पत्र मार्फत जानकारी गराउन चाहान्छौ।
४) नि वर्तमान अध्यक्ष असोक राज देवकोटा र बर्तमान अध्यक्ष कल्याण सिंह बोहरा हाल सम्म पनि कानुनी दायरामा नआई फारार रहेकाले निजलाई यथाशिघ्र कानुनि दायरामा ल्याई घटनाको सत्यतत्य छिटो भन्दा छिटो बाहिर ल्याउन ध्यानआर्कषण सहित ज्ञापन गर्दछौ ।
प्रबक्ता
सन्तोषराज जोशी