नेकपा एमाले कैलालीको जारी ९ औँ अधिबेशन अन्तर्गत आज नेतृत्व चयन को लागि मतदान हुने भएको छ ।
केही दिन यता लम्बिदै आएको अधिबेशन आज निर्बाचन मा पुगेर टुंगिने भएको छ । निर्बाचन कमिटीले निकालेको सुचनामा आज मध्यान्ह १२ बजे देखि मतदान गर्ने उल्लेख गरिएको छ । नेतृत्वमा सहमति नभएपछि अब निर्बाचन बाट नै नेतृत्व चयन हुने संभावना बढेको छ ।
अधिबेशनमा मुख्य पदमा त्रिपक्षिय प्रतिस्पर्धा हुने भएको छ।अध्यक्षमा दुर्गा जोशी , डेजी पाण्डे र यज्ञ ढुंगानको उम्मेदवारी परेको छ ।
सचिबमा दान बहादुर सुनार 'चित्रण ',ममता प्रसाद चौधरी र बिष्णु चन्द उम्मेदवार बनेका छन् ।
सुनार जोशी प्यानलबाट , चौधरी पाण्डे समुहबाट र चन्द ढुंगाना समुहबाट सचिवका उम्मेदवार बनेका हुन ।
उपाध्यक्षमा भने तीन समुहबाट बिश्नु चौधरी , लोकेन्द्र शाही र दल बहादुर बिष्ट उम्मेदवार बनेका छन् ।
यस्तै उपाध्यक्षमा नै गजेन्द्र स्वाँर , मदन ओझा र बिरेन्द्र बहादुर रावल ले पनि उम्मेदवारी दिएका छन् ।
दुई उपसचिबमा भने १२ जनाको उम्मेदवारी परेको छ । अधिबेशन को एमाले अध्यक्ष केपी शर्मा ओली ले ६ गते उदघाटन गरेका हुन ।
सोही दिन ओलीले भनेका थिए सहमति नभए दोस्रो दिन देखि खुरुखुरु मतदान गराउनु बन्द सत्र अनावश्यक लम्ब्याउने होइन तर ओलीले उदघाटन गरेको ४ दिन पछि मतदान हुने भएको छ ।