नेकपा (एमाले) कैलालीको ९ औँ जिल्ला अधिवेशन आज पनि मतदान प्रकृया मा जान सकेन । आज दिउँसो २ बजेबाट मतदान गर्ने भनिएपनी त्यसो हुन सकेन । आज दिनभर उम्मेदवारी दर्ता अनी फिर्ता लिने काम सकिएको छ ।
निर्बाचन समितीले सार्वजनिक गरेको अन्तिम नामावलीमा १ अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ । दिउँसो सम्म अध्यक्षमा चार जनाको उम्मेदवारी परेको थियो । तर अध्यक्षमा उम्मेदवारी दिएका कमल सिं रानाले उम्मेदवारी फिर्ता लिएका छन ।
अब बिघटित समितीका कार्यवाहक अध्यक्ष दुर्गा जोशी,सचिव डेजी पाण्डे र पूर्व प्रदेश कमिटी सचिवालय सदस्य यज्ञ ढुङ्गाना प्यानल सहित निर्वाचनमा होमिने सम्भाबना बढेको छ। तिनै टिमका पदाधिकारी सहित अन्यले पनि उम्मेदवारी दर्ता गराएका छन ।
उपाध्यक्षमा गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्र बहादुर रावल, विष्णु बहादुर चौधरी, लोकेन्द्र शाही गरेर ६ जनाको उम्मेदवार रहेका छन् । सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा, र ममता प्रसाद चौधरी उम्मेदवार रहेका छन् ।
उपसचिवमा राजु गुरुङ,किशोर शाह, चूडामणि भट्ट, मदन रेग्मी, नृप थ्यायत खड्का, चक्र बहादुर विष्ट, भुवन रिजाल रहेका छन् । त्यस्तै महिला उपसचिवमा रत्ना जोशी कुँवर , अम्बिका विष्ट मल्ल, गङ्गा कुमारी चौधरी, शान्ति देवी सिंह र गीता चौधरी रहेका छन् ।
निर्बाचन ढिला हुँदा प्रतिनिधी भने अन्योलमा परेका छन ।