अत्तरिया महोत्सव नक्कली ठेली प्रकरणमा प्रहरी हिरासत भित्र रहेका ४ जना आज छुटेका छन् । उनिहरु जिम्मा जवानीमा छुटेका हुन ।
नक्कली टिकट को ठेली भने प्रहरीले प्रयोगशालामा पठाएको छ जसको रिपोर्ट भने आको छैन ।
सरकारी ओकिल कार्यालयले आबश्यक परेको जुन सुकै बेला झिकाउने गरि फाईल फिर्ता गरेको जनाएको छ ।
प्रहरीले यसलाई अनुसन्धान जारी राख्ने नै भएको छ । महोत्सव आयोजक अत्तरिया उधोग बाणिज्य संघका महासचिव शंकर खड्का , सचीव दिलिप कुमार साउँद 'दिपिन' ,कार्य समिति सदस्य बम बहादुर बोगटी र दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसका स्वबियु सभापति भुबन महरा २० दिन पछि छुटेका हुन ।
उनिहरु विरुद्ध संघका अध्यक्ष कल्याण सिं बोहराले किटानी दिएका थिए । किटानी दिएपछि प्रहरीले उनिहरु विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर उनिहरु माघ १९ गते प्रहरी समक्ष आफै गएका थिए ।
प्रहरीले उनिहरु को पटकपटक बयान अनुसन्धान लिएको थियो ।
सोही केसमा पक्राउ पुर्जी जारी भएका संघका बर्तमान अध्यक्ष कल्याण सिँ बोहरा र निबर्तमान अध्यक्ष अशोकराज देबकोटा भने अहिलेसम्म फरार नै रहेका छन् ।
गत पुषमा अत्तरियामा उधोग बाणिज्य संघ ले लगाएको प्रादेशिक महोत्सवमा नक्कली ठेली प्रयोग भएको पाइएको थियो ।
नक्कली ठेली संघका महासचिव खड्का ले नै नियन्त्रणमा लिएका थिए । झन्डै २५ बढी नक्कली ठेली संघ ले प्रहरीलाई बुझाईसकेको छ ।