कैलालीमा नेकपा (एमाले)को नेतृत्व हात पार्न नेताहरूले दौडधुप सुरु गरेका छन्। भोलिदेखि सुरु हुने जिल्ला अधिवेशनमार्फत नेतृत्व चयन हुने भएपछि नेताहरू राजनीतिक छलफलमा सक्रिय भएका हुन्। कैलाली जिल्लाको नेतृत्वका तीनजना नेता आकांक्षी देखिएका छन्। यदपी उनिहरु बिच समझदारी कायम गर्न उच्च तहका नेताहरु पनि सकृय रहेका छन ।
नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रीय सदस्य दामोदर भण्डारी बिच पनि छलफल भईरहेको छ तर पनि समझदारी हुन सकेको छैन । जिल्लाको अधिबेशन भएपनी केन्द्रिय नेताहरुले आ आफ्ना उम्मेदवारको पक्षमा लबिङ गर्दा समस्या हुन थालेको छ ।
स्थायी कमिटी सदस्य कर्ण थापाले भने कैलाली जिल्ला सचिव डेजी पाण्डेलाई अध्यक्ष बनाउन लबिङ गरिरहेको चर्चा चलेको छ भने केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश पूर्वअध्यक्ष दामोदर भण्डारीले यज्ञराज ढुङ्गानालाई अघि सारेका चर्चा चलेको छ । अध्यक्षका अर्का उम्मेदवार दुर्गा जोशीले सहमतिबाट नै आफू उम्मेदवार बन्ने बताउन थालेका छन् ।
केन्द्रिय सचिब भट्ट भने समझदारी मै नेतृत्व चयन गर्नु पर्नेमा पक्षमा छन । भट्ट निकट स्रोतका अनुसार कसैले कसैलाई निषेध गर्ने भन्दा पनि पहिलो बिकल्प सहमती बाट नै नेतृत्व चयन गर्नुपर्नेमा भट्ट रहेका छन। यस्तै सचिबमा पनि आकांक्षीहरुले लबिङ तिब्र पारेका छन् ।
सचिबमा ममता प्रसाद चौधरी, बिष्णु चन्द , हितेश ओझा र आनन्द भट्ट को बढी चर्चा चलेको छ । ढुंगाना समुहबाट बिष्णु चन्द वा आनन्द भट्ट मध्य एक जना सचिबका उम्मेदवार बन्ने संभावना रहेको छ भने पाण्डे समुहबाट चौधरी को संभावना रहेको छ । हितेश ओझा भने दुर्गा जोशी समूह को लबिङमा छन् । ओझा सचिब भट्टका स्वकीय सचिब हुन ।
यस्तै उपाध्यक्षमा लोकेन्द्र शाही, मनराज शाही, नृप खडायत, मदनराज ओझा, शर्मानन्द भट्ट, गजेन्द्र स्वार, दलबहादुर रावल र प्रेम डगौरा गरी ८ जनाले दाबी गरेका छन्। त्यस्तै सचिवमा हितेस ओझा, ममताप्रसाद चौधरी, विष्णु चन्द, कमलबहादुर राना, चूडामणि भट्ट, आनन्दप्रसाद भट्ट, शम्भु कुँवर, वीरेन्द्रबहादुर रावल, द्वारिका न्यौपाने, विष्णुबहादुर चौधरी, वक्तबहादुर शाही र भीष्मराज सुवेदीगरी सचिवमा १२ जनाले उम्मेदवारी दिने तयारीमा छन्।
२ पदको उपसचिवमा ३० जनाले दाबी गरेका छन्।उपसचिवका लागि धिमलाल जोशी, राजु गुरुङ, चक्रबहादुर विष्ट, नौरता देवी खड्का, मदनराज रेग्मी, टीकाराम आचार्य, हिक्मत रावल, दलबहादुर विष्ट, केदारप्रसाद ओझा, अम्बिका विष्ट मल्ल, भुवन रिजाल, निर्मला संज्याल, किशोर शाह, लक्ष्मी केसी, गणेशबहादुर साउद, मोहन विक, ध्रुवबहादुर भण्डारीले दाबी गरेका छन्। त्यस्तै खगेन्द्रकुमार ठकुल्ला, जगत बोहरा, ध्रुव खत्री, नेत्रप्रसाद खनाल, कमला कुँवर, गृष्मा चौधरी, हर्कबहादुर बुढा, टेकबहादुर बुढा, प्रेम भुल, गोविन्द कोइराला, रत्ना कुँवर गणेश बुढा र सुरज परियारले पनि उपसचिवमा इच्छा देखाएका छन्।
कैलालीको आगामी नेतृत्वका लागि सहमती नभए अध्यक्ष पदका दाबेदार यज्ञराज ढुङ्गाना, दुर्गा जोशी र डेजी पाण्डेबिच प्रतिस्पर्धा हुने देखिएको छ।