आसन्न नेकपा एमाले कैलाली को ९ औँ अधिबेशनमा सचिबका उम्मेदवार को पनि चर्चा शुरु भएको छ । अध्यक्ष मा ३ जनाले दाबी पेश गरेका छन् भने सचिबमा १२ जनाले इच्छा जाहेर गरेका छन् ।
जस मध्य टिम र बिरासत को हिसाबमा बिष्णु चन्द बलियो उम्मेदवार मानिएका छन् । हाल नेकपा एमाले कैलाली जिल्ला कमिटि सचिवालय सदस्य समेत रहेका चन्दले पार्टीमा बषौँ लगानी गरेका ब्यक्ति हुन ।
२०३८ साल जेठ महिना बैतडीको ढुगांड गाबिस वडा नम्बर ७ मा बुवा उद्धव चन्द कलावती चन्दको सुपुत्रका रुपमा जन्म लिएका चन्द सानै देखी सामाजिक तथा राजनीतिक कार्यमा सकृय थिए ।
चन्दले कक्षा ७ सम्म गाउँकै बिद्यालयमा अध्यायन गरे । २०५० सालमा बैतडीबाट धनगढी झरेका चन्दले कक्षा ८ सम्म धनगढीको सारदा माध्यमिक बिद्यालयमा अध्यायन गरे । त्यसपछि चौमालाको मालिका उच्च माबीमा भर्ना भएका चन्दले बिद्यार्थी राजनिति शुरु गरे ।
२०५३ सालमा सोही बिद्यालयबाट राजनितिमा छिरेका उनले कैलाली बुहुमुखी क्याम्पसबाट उच्च शिक्षा र स्नातक तहको शिक्षा उत्तिर्ण गरे । समाजशास्त्र बिषयमा स्नातगोत्तर तह उत्तिर्ण गरेका चन्द कैलाली बहुमुखी क्याम्पसमा अध्यायन गर्दा राजनितिमा निकै निखारिए । एमाले भन्दा छिटफुट रुपमा मात्रै देखिने त्यो बेलामा चन्द एमालेकै बिद्यार्थी संगठन बनाउनमा सक्रिय भए ।
कैलाली बहुमुखी क्याम्पसमा अध्यायनरत बेला प्रारम्भिक क्याम्पस कमिटि सचिव र अध्यक्षपनि बने । कैलाली बहुमुखी क्याम्पसबाट बिद्यार्थीहरुलाई एमालेमा संगठित गराउन उनको भुमिका निकै महत्वपुर्ण रह्यो ।
चन्द क्याम्पस हुँदै अनेरास्वबियुका कैलाली जिल्ला कोषाध्यक्ष बने । तत्कालिन अनेरास्वबियु कैलालीको अध्यक्ष दीर्घ सोडारी र सचिव रण बहादूर चन्द हुँदा बिष्णु कोषाध्यक्ष थिए । त्यसपछि अनेरास्वबियु कैलालीको उपाध्यक्ष हुँदै केन्द्रिय सदस्य र सेती अञ्चल ईन्चार्जपनि भए । २०६२÷६३ को जनआन्दोलनमा बिद्यार्थीबाट अग्र पंक्तिमा चन्द देखिन्थे ।
बिद्यार्थीकै अगुवाइमा धनगढीमा आन्दोलन चर्केको थियो । त्यतिबेला चन्द प्रहरीसंगको झडपमा घाइते बने । घाइते मात्रै होइन प्रहरीबाट उनि गिरफ्तार पनि भए ।
२०६५ सालमा स्वबियु निर्वाचन हुने भएपनि चन्द कैलाली बहुमुखी क्याम्पसको स्ववियु सभापतिका उमेदवार रहेका थिए । २०६५ साल चैत ११ गते स्ववियु चुनावका दिन कैलाली बुहुमुखी क्याम्पसमा अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन र अखिल क्रान्तीकारीबिच झडप भयो । झडपले उग्र रुप लिएपछि चन्द त्यो झडपलाई नियन्त्रण लिने प्रयासमा थिए । दुइटै पक्षलाई सम्झाउँदै क्रान्तीकारीकै एक जना कार्यक्रतालाई बचाउने बेला चन्दको टाउकोमा ईट्टा प्रहार भयो । इट्टा प्रहार संगै उनि बेहोस भए र पार्टीका नेता र बिद्यार्थी नेताहरुको पहलमा उनको हेलिकप्टरबाट उद्धार गरेर काठमाण्डौँमा उपचार भयो ।
इट्टाले टाउको बिच भागमै चिरा परेको अवस्थामा चन्दको जटिल उपचार सम्भव भयो । पार्टी र नेताहरुको सहयोगमा उनको सफल उपचार भयो ।
२६ बर्ष निस्वार्थ राजनितिक जिवन बिताएका चन्द सबै अवशरबाट बञ्चित भए । नेकपा एमालेको एक कार्यकाल कैलाली जिल्ला कमिटि सदस्य, यस अघी सचिवालय सदस्य र अहिलेपनि चन्द सचिवालय सदस्य छन् । करिब ३ दशक राजनितिक जिवन बिताइसकेका चन्दले हालसम्म कुनै लाभको पद लिएका छैनन् । पार्टी नेतृत्वमा समेत उनि पुगेका छैनन् ।
नेताहरुसंगको सल्लाहमा चन्दले सचिवमा इच्छा ब्यक्त गरेका हुन् । तिन कार्यकाल पार्टी जिल्ला कमिटिमा बसेर काम गरेका उनि अब नेतृत्व लिनैपर्ने दौडमा छन् । चन्द यो पटक पार्टीले आफ्नो योगदान र क्षमतालाई बिश्वास गर्नेमा ढुक्क छन् ।
"हिजोका दिनमा केपी ओलीकै मान्छे भनेर सुदूरपश्चिममा म र ओलीका पक्षमा लागेका हमीहरुले यहाँको नेतृत्वबाट बाइपास हुनुपरेको थियो" चन्दले भने “अहिले ओलीको बिरुद्धको कुनै नेता छैन त्यस कारण हिजो चेपिएका, पेलिएका हामीजस्ता कार्यक्रताले अब अबसर पाउँछन भन्नेमा ढुक्क छु ।”
चन्दले सचिव को लागि नेतृत्व संग पनि लबिङ शुरु गरेका छन् । एमाले को अधिबेशन शुख्खड मा हुँदै छ ।