नेकपा एमाले कैलालीको आसन्न ८ औं अधिबेशनमा गोदावरीबाट मात्रै पदाधिकारीमा ९ जनाले दाबी पेश गरेका छन् ।
बिहिवार पार्टी कार्यालय मा कैलाली इन्चार्ज गणेश ठगुन्ना समक्ष उनीहरुको आ आफ्नो पदमा इच्छा जाहेर गरेका हुन ।
जिल्ला कमिटी उपाध्यक्षमा शर्मानन्द भट्टले दाबी पेश गरेका छन् । हाल उनी जिल्ला कमिटी सदस्य हुन । यस्तै सचीवमा जिल्ला कमिटी सदस्य हितेश ओझा, आनन्द भट्ट र भीष्म सुबेदीले दाबी पेश गरेका छन् ।
यस्तै उपसचिवमा गणेश जिमि साउँद, रत्ना जोशी कुँवर , टिकाराम आचार्य र टेक बहादुर बुढाले दाबी पेश गरेका छन् ।
गोदावरीमा एमाले प्रदेश अधिबेशन को बेलाको दुई धार अहिले भत्किएको बताएका छन् । एमाले गोदावरीका एक पदाधिकारी आकांक्षी नेताले भने , "सहमति बाटै नेतृत्व चयन को संभावना पनि उत्तिकै छ। अब जिल्ला मा नै टिम बनेको छैन । अहिले नै को कता भन्ने यकिन गर्न गार्हो छ । यदि सहमति भएन भने त अब नेतृत्वमा जान आफू अनुलल को टिममा त सबै लाग्ने नै देखिन्छ । "
गोदावरीमा प्रतिनिधि चयन पनि सर्ब सम्मत गरिएको छ। गोदावरी एमालेका केन्द्रिय सचिब लेखराज भट्ट को गृहपालिका भएकाले पनि पदाधिकारीमा को को आउने छन् भन्ने चासो को साथ हेरिएको छ ।
एमालेले बन्द सत्रमा हुने लामो प्रक्रियालाई छोट्याउन अधिबेशन उदघाटन अधि इच्छुकलाई दाबी पेश गर्न भनेको थियो ।
अधिबेशन को उदघाटन भने फागुन ६ गते शुख्खडमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् ।