नेकपा (एमाले) कैलालीको अधिवेशनका लागि बिहीबार पदाधिकारीमा आकांक्षा राख्नेलाई जिल्ला इन्चार्ज समक्ष इच्छापत्र पेश गरेका छन ।फागुन ६ र ७ गते घोडाघोडी नगरपालिकाको सुखडमा आयोजना हुने नवौँ जिल्ला अधिवेशनमा अध्यक्षसहितका पदाधिकारीमा आकांक्षीलाई इच्छापत्र पेश गर्ने समय दिइएको थियो ।
जस अनुसार अध्यक्षमा तीन जनाले नेतृत्व दाबी गरेका छन । हालका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, पूर्व प्रदेश सचिवालय सदस्य यज्ञ ढुंगाना र जिल्लाका सचिव डेजी पाण्डेले नेतृत्वको दाबी गरेका हुन । यस्तै उपाध्यक्षमा ८ जनाले, सचिबमा १२ जनाले र उपसचिब २ पदको लागी ३० जनाले आकांक्षा पेश गरेको बुझिएको छ ।
उपाध्यक्ष दाबी गर्नेमा लोकेन्द्र शाही, मानराज शाही, नृप खडायत, मदनराज ओझा, शर्मानन्द भट्ट, गजेन्द्र स्वार, दलबहादुर रावल र प्रेम डगौरा छन् ।
यस्तै सचिवमा हितेस ओझा, ममता प्रसाद चौधरी, विष्णु चन्द, कमल बहादुर राना,चूडामणि भट्ट, आनन्द प्रसाद भट्ट, शम्भु कुँवर, वीरेन्द्र बहादुर रावल, द्वारिका देवी न्यौपाने, विष्णु बहादुर चौधरी, बक्त बहादुर शाही र भीष्मराज सुवेदीले दाबी पेश गरेका छन् ।
त्यस्तै उपसचिवमा धिमलाल जोशी, राजु गुरुङ, चक्र बहादुर विष्ट, नौरता देवी खड्का, मदन राज रेग्मी, टिकाराम आचार्य, हिक्मत रावल, दलबहादुर विष्ट, केदार प्रसाद ओझा अम्बिका विष्ट मल्ल, भुवन रिजाल, निर्मला संज्याल, किशोर शाह,लक्ष्मी केसी, गणेश बहादुर साउद, मोहन विक, धुर्व्र बहादुर भण्डारी छन् ।
त्यस्तै खगेन्द्र कुमार ठकुल्ला, जगत बोहरा, धु्रर्व खत्री, नेत्र प्रसाद खनाल, कमला कुँवर, गृष्मा चौधरी, हर्कबहादुर बुढा, टेकबहादुर बुढा, प्रेम भुल गोविन्द कोइराला, रत्ना कुवर, गणेश बुढा र सुरज परियारले पनि उपसचिवमा इच्क्ष्या देखाएका छन् ।
एमालेका पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज गणेशसिंह ठगुन्नाले सहमतीमै नेतृत्व चयन गर्न सहमतिको प्रयासका लागि अधिवेशन अगावै आकांक्षीबाट इच्छापत्र पेश गर्ने समय दिइएको बताए ।
एमालेले अधिवेशनमा हुने अनावश्यक खर्च र नलम्बियोस् भन्ने उद्देश्यले कैलालीमा अधिवेशन उद्घाटन पूर्व नै पदाधिकारीमा इच्छापत्र माग गरिएको जनाएको छ । नवौं जिल्ला अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।