बैज्ञानिक डा.महावीर पुन अहिले कैलालीका सडकहरुमा आफ्ना किताब बेच्दै छन् । आफै सडकमा माइकिङ गरेर उनिहरु सडकमा देखिने गरेका छन् ।
धनगढी अत्तरियाका सडकमा उनको किताब किन्ने र उनी संग अटोग्राफ लिनेको भिड नै लाग्ने गरेको छ । पुस्तक बिक्रीबाट उठेको रकमले कृषि औजार सामाग्री निर्माण गर्ने उनको योजना छ ।
हाल त्यस्ता सामाग्री भारतबाट खरिद हुँदै आएका छन् । चोक चोकमा पुनलाई देख्ने बित्तिकै प्रायः मान्छेहरु उनको नजिक पुग्छन् र किताब किनिहाल्छ्न ।
सम्झना , सपना र अविरल यात्रा नामक उनको पुस्तक कैलालीमा मात्रै लाखौं रुपैयामा बिक्रि भएको अनुमान छ ।
उनलाई सघाउन पनि स्वतस्फुर्त स्थानीय नागरिक अगुवा ब्यबसायीहरु सकृय भएर लागेका छन् ।
बुधबार उनले दिनभर पुस्तक गोदावरी नगरपालिका को कार्यालय , अत्तरिया चोकमा जम्मा भएर बिक्री गरेका छन् । सो कार्यक्रम समाजिक अभियान्ता लक्ष्मी बोगटी , स्माईल चौधरी , रोम सापकोटा , प्रमोद अधिकारी,दिपक ओझा लगाएतले सहयोग गरिरहेका थिए ।
पुन वैज्ञानिक तथा सामाजिक अभियान्ताका रूपमा परिचित छन् । अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर गरेका पुनको देशलाई विकासको गतितिर अग्रसर गराउनेमा विशेष योगदान छ ।
वायरलेस प्रविधिद्वारा देशका ग्रामीण क्षेत्रमा सूचना प्रवाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट सञ्जाल विस्तार गर्न सफल महावीर त्रिभुवन विश्वविद्यालयभित्र रहेको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पनि हुन् ।
जनस्तर र विदेशीको सहयोगबाट स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्य लगायतका २० भन्दा बढी क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेका छ ।