कैलालीको गोदावरीबाट सामान र जिपसहित पक्राउ दुई जना पक्राउ परेका छन्।
गोदावरी नगरपालिका-४ गोदावरीबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ३ लाख ८४ हजार मूल्यको चिनी, जीप १ थानसहित दार्चुलाको मार्मा गाउँपालिका-६ बस्ने ३० वर्षीय बसन्त कोट्टारी र कैलालीको धनगढी उपमहानगरपालिका-१ बस्ने ४० वर्षीय ईश्वर धामीलाई मंगलवार दिउँसो प्रहरी गस्ती टोलीले पक्राउ गरेको हो।
सामान र जिपसहित दुबै जनालाई आवश्यक कारबाहीको लागि प्रहरीले कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको जनाएको छ।
यस्तै धनगढी उपमहानगरपालिका १ त्रिबेणीघाटबाट भन्सार छली गरि ल्याएका १२ हजार मूल्यको प्याज, धनगढी उपमहानगरपालिका २ चौराह नजिकबाट ११ हजार २१० मूल्यको चिनी, प्याज, सरप, दाल, नरिवल लगायतका सामान बरामद गरिएको छ।
यस्तै धनगढी-२ वडा कार्यालय नजिकबाट ३८ हजार १४० मूल्यको गन्जी, टिसट, बच्चाको पाईन्ट, अण्डरवेयर लगायतका सामान र कैलारी गाउँपालिका-४ “के” गाँउबाट २५ हजार ८०० मूल्यको चक्लेट, चिजबल, दालमोठ लगायतका समान बरामद गरिएको छ।
यी सबै सामान मंगलवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।