नेकपा (एमाले) कैलालीको को ९ औ अधिबेशन को सरगर्मी गोदावरीमा पनि बढेको छ । स्थानीय नेताहरू वडा केन्द्रित बनेका छन् । वडामा प्रतिनिधि चयन २७ गते हुने भएकाले नेताहरू वडा केन्द्रित बनेका हुन ।
उम्मेदवार बन्न र अधिबेशन मा सहभागीता जनाउन वडाबाट नै चयन भएर आउनु पर्ने प्राबधान भएकाले नेताहरु वडाका संगठित कार्यकर्ताहरुलाई रिझाउन थालेका छन् । गोदावरी नगरपालिकामा एमाले का झन्डै १९ सय बढी संगठित कार्यकर्ता रहेका छन् । ६ गते शुख्खड मा हुने अधिबेशन को लागि झन्डै ७६ प्रतिनिधि चयन हुनेछन् ।
जसमा हालका जिल्ला कमिटी सदस्य १३ जना स्वत: प्रतिनिधि हुने छन् । दलित - आदिवासी कल्ष्टर बाट २५ जना बराबर एक प्रतिनिधि चयन हुने ब्यबस्था अनुसार दलितबाट २० जना र जनजातीबाट ९ जना प्रतिनिधि चयन हुनेछन् ।
यस्तै अन्य खस आर्यबाट ४० जना बराबर एक प्रतिनी चयन हुने ब्यबस्था अनुसार वडाबाट ३२ जना चयन हुने छ्न । वडा अनुसार एक नम्बर वडाबाट ४ जना, वडा नम्बर २ बाट ६ जना , ३ नम्बरबाट तीन जना, ४ नम्बर वडाबाट ४ जना, ५ र ६ बाट तीन जना प्रतिनिधि चयन हुनेछन् । यस्तै वडा नम्बर ७ बाट १ जना , ८ बाट एक जना, ९ बाट एक जना , वडा नम्बर १० र ११ बाट पनि एक जना चयन हुनेछन् । वडा नम्बर १२ बाट भने दुई जना प्रतिनिधि चयन हुनेछन् ।
जिल्ला कमिटी पदाधिकारीमा पनि गोदावरीबाट आधा दर्जनले आकांक्षा राखेका छन् । जिल्लामा नै अहिलेसम्म टिम एकिन नहुँदा अहिले यहाँ नेताहरु आ आफ्नै प्रचार गरिरहेका छन् । जिल्ला कमिटी पदाधिकारीको लागि गोदावरीमा हितेश ओझा, शर्मानन्द भट्ट , आनन्द भट्ट , गणेश जिमि साउँद, रत्ना जोशी, टेक बहादुर बुढा लगाएतका नेताहरू आकांक्षी रहेको बुझिएको छ । बिगत देखि गोदावरीमा एमाले दुई धारमा बिभाजित हुँदै आएको छ ।
अहिले नै नेताहरू गुटमा भने खुलेका छैनन् । पदाधिकारी आकांक्षा राखेका एक नेताले भने, 'अहिले त प्रतिनिधि नै छ्नौट भएको छैन । जिल्लामा पनि अध्यक्षका उम्मेदवार धेरै होलान् जस्तो छ । त्यसैले अहिले नै कुन टिम भन्ने क्लिएर भएको छैन । तर बिगत को गुट उपगुट यो अधिबेशन ले अन्त्य गर्नुपर्ने मा नेताहरु को जोड रहेको देखिन्छ । तर राजनीति हो हेरौ के हुन्छ ?'
एमाले अधिबेशनको पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्ने छन । जिल्ला कमिटीमा आकांक्षा राख्नेले फागुन ३ गते जिल्ला इन्चार्ज समक्ष इच्छा पत्र दिनुपर्ने एमालेले अधिबेशन तालिका बनाएको छ ।