कैलालीको अत्तरिया प्रादेशिक महोत्सवमा नक्कली ठेली प्रकरणमा अत्तरिया ब्यब्सायीहरु को संघर्ष समितिले आज पनि प्रदर्शन गरेको छ ।
हातमा कालोपट्टी बाँधेर उनिहरुले प्रदर्शन गरेका हुन । अत्तरिया चोकमा नाराबाजी गर्दै उनिहरुले बर्तमान कार्य समिति को राजीनामा माग गरेका छन् ।
बिरोध कार्यक्रम पछि संघर्ष समितिले निकालेको बिज्ञप्तीमा राजीनामा माग गरिएको छ ।
संघर्ष समितिका अध्यक्ष गणेश बलायर द्वारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा भनिएको छ ," सुदूरपश्चिम प्रादेशिक महोत्सव २०८०को सञ्चालनका क्रममा फेला परेका नक्कली टिकेट ठेलीले व्यापारी वर्गमा ठूलो आघात पुगेको छ । आर्थिक अनियमितता र भ्रष्टाचार गर्ने उदेश्यले गरिएका यस्ता क्रियकलापले संघको गरिमामा आँच पुगेको छ । यो प्रकरणले थुप्रै प्रश्न र आशंका समेत उब्जाएको छ। उद्योग बाणिज्य संघको कार्यसमितिले विगतका वर्षमा भएको आर्थिक अनियमितताको टुङ्गो नै नलगाई हालै लगाएको महोत्सबमा नक्कली ठेली प्रकरण बाहिर आयो सो प्रकरणमा दोषीलाई तत्काल कारवाहीको लागि अगाडि बढ्नुपर्नेमा मुल नेतृत्व नै दोषीलाई बचाउने उद्देश्यले घटना घटेको लामो समय सम्म पनि नेतृत्व कारबाही प्रक्रियामा नगई विभिन्न खाले दबाबमा घटनालाई सामसुम् पार्न खोजिएको प्रष्ट देखिन्छ ।"
बिज्ञपति को पुर्णपाठ :
प्रेस विज्ञप्ति
मिति : २०८०।१०।१९ गते
उपरोक्त सम्बन्धमा अत्तरिया उद्योग वाणिज्य संघ अत्तरिया कैलालीको कार्यसमितिबाट विधिवत निर्णय गरी मिति २०८०/०९/२६ गते देखि २०८०/१०/०७ गते सम्म आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सव २०८०को सञ्चालनका क्रममा फेला परेका नक्कली टिकेट ठेलीले व्यापारी वर्गमा ठूलो आघात पुगेको छ ।
आर्थिक अनियमितता र भ्रष्टाचार गर्ने उदेश्यले गरिएका यस्ता क्रियकलापले संघको गरिमामा आँच पुगेको छ । यो प्रकरणले थुप्रै प्रश्न र आशंका समेत उब्जाएको छ।
उद्योग बाणिज्य संघको कार्यसमितिले विगतका वर्षमा भएको आर्थिक अनियमितताको टुङ्गो नै नलगाई हालै लगाएको महोत्सबमा नक्कली ठेली प्रकरण बाहिर आयो सो प्रकरणमा दोषीलाई तत्काल कारवाहीको लागि अगाडि बढ्नुपर्नेमा मुल नेतृत्व नै दोषीलाई बचाउने उद्देश्यले घटना घटेको लामो समय सम्म पनि नेतृत्व कारबाही प्रक्रियामा नगई विभिन्न खाले दबाबमा घटनालाई सामसुम् पार्न खोजिएको प्रष्ट देखिन्छ ।
व्यापारीहरुको चर्को बिरोध पछि मात्र उद्योग वाणिज्य कार्य समिति छानबिनका लागि प्रशासनमा गएको तथ्य सर्व विधितै छ ।
समितिको सामुहिक सहकार्यमा किटानी जाहेरी दिनु पर्नेमा मुल नेतृत्वको असक्षमताका कारण समिति दुई भागमा विभाजित भई व्यवसायीको दवावले बाध्य बनाए पछि मात्र पटक-पटक किटानी जाहेरी दिएको देखिन्छ, पछिल्लो समय जिम्मेबार पदाधिकारी नै एक अर्काको खुल्ला आरोप प्रत्यारोपमा उत्रिएको सामाजिक सञ्जालमा उद्योग बाणिज्य संघको गरिमा, जिम्मेवारी, दायित्त्व बिर्सि मुल नेतृत्व नै बिभिन्न दबाबको बहानामा घटनालाई ढाकछोप गरि सुरक्षित अवतारको प्रयासमा रहेको र दोषीलाई उम्काउन हदैसम्म उद्धत रहेको विषय छर्लङ्ग देखिन्छ ।
महत्त्वपूर्ण जिम्मेवारी समालेका अध्यक्ष र महासचिव बिचमा भएको भाईरल सम्बादबाट पनि छर्लङ्ग हुन्छ कि दोषीलाई निरुत्साहित गर्नु पर्नेमा संरक्षण गरेको, आम व्यवसायीको ठहर अनुसार मुल नेतृत्व र जिम्मेवार पदाधिकारी समेतले दोषीलाई बचाउन हदैसम्मको पर्षन्च रचिएको र समिति दुई भागमा विभाजित भएकोले विगत, हाल र भविष्यमा भएका तथा हुनसक्ने संस्थागत अनियमितता र भ्रष्टाचारका दोषीलाई कार्वाही गर्न सक्ने तथा उद्योग बाणिज्य संघलाई व्यवसायीको हित अनुकूल हाक्न सक्ने क्षमता गुमाई समितिको असक्षमता उदाङ्गो भैसकेकाले मुल नेतृत्व सहित सम्पूर्ण समितिलाई घटनाको नैतिक जिम्मेवारी लिई नैतिकताको आधारमा राजिनामा दिई अनुसन्धान र संस्थाको गरिमा जोगाउन सहयोग पुयाउन अत्तरिया उद्योगी व्यवसायीको तर्फबाट संघर्ष समिति यसै ज्ञापन पत्र मार्फत जोडदार माग गर्दछ ।
गणेशबहादुर बलायर
संयोजक