नक्कली ठेली प्रकरणमा थप चार जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
कैलालीको अत्तरिया प्रादेशिक महोत्सवमा नक्कली ठेली प्रयोग गरि आर्थिक अनियमितता गरेको भन्दै अहिलेसम्म ६ जनाको नाममा किटानी जाहेरी परेको प्रहरी स्रोतले बताएको छ ।
कैलाली प्रहरी समक्ष किटानी परेका संघका महासचिव, कार्य समिति सदस्य बमबहादुर बोगटी र अन्य दुई टिकट काट्ने कार्यमा संगलग्न युवती माथी पक्राउ पुर्जी जारी समेत भएको हो ।
बोगटीले टिकट छपाई को जिम्मा पाएका थिए । किटानी जाहेरी संघ का अध्यक्ष कल्याण सिं बोहराले दिएका थिए ।
यस अधि संघका सचिब दिलिप कुमार साउँद दिपिन र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्वबियु सभापति भुबन महरा को नाममा पनि पक्राउ पुर्जी जारी भैसकेको छ ।
तर अहिलेसम्म प्रहरीले कसैलाई पनि पक्राउ गरेको छैन । प्रहरीले सामान्य खोजी र निगरानी भने जारी राखेको छ ।
पुष्प २६ देखि माघ ७ गतेसम्म चलेको महोत्सव को आठौं दिन नक्कली टिकटका ठेली संघका महासचिव खड्काले नै बरामद गरेका थिए ।
अध्यक्ष को चर्तीकला
अत्तरिया उधोग बाणिज्य संघका अध्यक्ष कल्याण सिँ बोहराले मंगलबार दुई जनाको नाममा मात्रै जाहेरी दिएका थिए ।
त्यसदिन अबेर राती संम्म अध्यक्ष बोहरा , महासचिव खड्का र कोषाध्यक्ष हेम भन्डारी संगै बसेर गलत कार्य का विरुद्ध सामुहिक लडने प्रतिबद्धता जनाएका थिए ।
उक्त दिन अध्यक्ष बोहराले भनेका थिए," म सबै देखेर आजित भैसकेको छु । परेको बेला कोहि सहयोग नगर्ने । गलतलाई गलत भन्न सक्नु पर्छ त्यस्तो पनि नभन्ने संस्था हामीले जन्माएका हौ , यसो गरेका हौ उसो गरेका हौं भनेर हुँदैन । जसले बनाएका मान्छे हुन कन्ट्रोल गर्नु पर्यो नि आफ्ना मान्छेलाई । बेकार हो अब म धेरै लाग्दैन ।"
तर उनको त्यो प्रतिबद्धता टिक्न सकेन । दोस्रो दिन बुधबार फेरि उनले अर्को योजना बनाए ।
पार्टी निकट नेताहरू को दबाब थेग्न नसकेर उनले फेरि बुधबार संघका महासचिव शंकर खड्का , कार्य समिति सदस्य बम बहादुर बोगटी र अन्य दुई बिरुद्द जाहेरी निबेदन दिए ।
त्यसै राती महासचिव खड्कालाई फोन गरेर अध्यक्ष बोहरा ले यो केस को सेफ ल्यान्डिङ गर्न दोस्रो जाहेरी दिनुपरेको कहानी सुनाए ।
जुन भिडियो समेत सार्बजनिक भैसकेको छ । यस्तै उनको कुराकानी गरेको अर्को भिडियो पनि सार्बजनिक भएको छ ।
जहाँ उनले कार्य समितिका उपाध्यक्ष फागुराम चौधरी संग कुराकानी मा भनेका छन् ," यो केस यहाँ सम्म आइपुग्न मा बरिस्ठ उपाध्यक्ष दलबहादुर खड्का को भुमिका रहेको छ । मैले त यहीँ मिलाउ , जो जो लाई दोषी बनाउनु छ यहीँ बनाउ भनेको हुँ तर तपाईंहरु कोहि कता जानू भयो , कोहि कतै लाग्नु भयो । मलाई पहिले नै थाहा थियो मेरो कार्य समितिका सदस्यहरुले दु:ख पाउँछन् भनेर ।"